कोरोना नियन्त्रणमा एक्सनमा उत्रिदै चितवन प्रहरी, एकैदिन १ सय ३७ जना कार्वाही

चितवन : चितवनमा समुदायस्तरमा नै कोराना संक्रमण देखिन थालेपछि चितवन प्रहरीले बढ्दै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि झन् कडाई सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढेको भन्दै नागरिकलाई घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

माक्स नलाई अटेर गरेर कामविना घरबाहिर जादाँ–आउँदा मास्क नलगाइ र भीडभाड गर्नेलाई चितवन प्रहरीले कारबाही गरेको हो । कार्वाहीको प्रक्रिया निरन्तर चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुगंले महामारीबाट बच्न–बचाउन सवैले सहयोग गर्नुपर्ने बताउँदै मास्कविना हिँडडुल गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमित रोग ऐन २०२० बमोजिम कडा कारबाही गरिएको प्रष्ट पारे ।
सोही अभियानको क्रममा आज मात्रै ५५ जना महिलासहित १ सय ३७ जनालाई कार्वाही गरेको उनले बताए । साथै जिल्लाका विभिन्न क्षेत्रबाट गरिएको कार्वाहीबाट १२ हजार २ सय रुपैयाँ जरिवान समेत गरिएको छ । चितवन प्रहरीले कोरोना नियन्त्रणका थप एक्सनका कार्यक्रम थाल्ने एसपी गुरुगंले बताए ।
गृहमन्त्रालयले गत सोमबार मात्रै ७७ वटै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको थियो । गृहमन्त्रालयको निर्देशन अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्ने जनाएको हो । मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार कारबाही गर्ने परिपत्र गरेको हो ।