चितवन भरतपुरका दुई जनासहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

 

चितवन :  चितवनका दुई जनासहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका–१ का दुई जना, पर्साको वीरगञ्जका एक जना र सर्लाहीका लालबन्दी–११ का एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरका कोरोना संक्रमितहरु ४६ वर्षीय पुरुष र एक ३८ वर्षीय महिला हुन् । उनीहरु क्वारेन्टिन बाहिरका हुन् । शुक्रबार १३१ नमूनाको परीक्षण गरिएकोमा बाँकी १२७ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी वीरगञ्ज–१० की ४२ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका सर्लाहीका ७९ वर्षीय पुरुषको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको सम्बन्धित अस्पतालबाटै स्वाब संकलन गरिएको थियो ।