क्यान्सर अस्पतालका १ बिरामीलाई कोरोना संक्रमण पृष्टी

चितवन : चितवनको भरतपुरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा सिएमसी दुई मा उपचाररत एक बिरामीमा कोरोना पुष्टि भएको हो । संक्रमित सर्लाहीको लालबन्दी ११ का ७९ बर्षीय बृद्ध रहेको प्रयोगशालाले जनाएको छ ।