पूर्वी चितवनमा चुटुनकुमार यो आईडीया, जसले लोडसेडिगंं हुनबाट जोगियो (भिडियो)

 

चितवन : नेपाल विद्युत् प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले पूर्वी चितवन बँसलिाई लोडसेडिगं हुनबाट जोगाएको छ । विभिन्न प्राविधिक समस्याका कारण विद्युत् आपूर्ती देखिएको समस्या हल गर्न रत्ननगर टाँडी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवसहितको टिमले चालेको कदम नै पूर्वी चितवन वासीलाई खुसीको क्षण वन्यो । जसले लोडसेडिगं हुनबाट जोगायो । अनि जनतालाई राहत समेत मिल्यो ।
‘जब लोडसेडिगं मुक्त गर्ने अयिभान चल्यो पूर्वी चितवन टांडीको लागि पर्सामा रहेको ३३ ११ के.भी. सवस्टेशनमा आएको ३३ के.भ. लाईन विगत देखि ओभरलोड कायमै रहयो उनले भने, पूर्वी चितवनमा स्थानीय स्तरमा लोडसेडिगं गर्नु पर्ने अवस्थालाई ११ के.भी.को लाईन भरतपुरबाट टिकौलीको जंगल हुंदै टांडी बजारसम्म आपूर्ती गरि लोडसेडिगं हुनवाट बचाउन सफल भईयो ।’

३३ केवि लाईन ओभर लोड भई भोल्टेज समस्या र प्राविधिक चुहावटले लोडसेडिगं हुने अवस्था थियो । तर भरतपुरबाट टिकौली जंगल हुदै उच्चस्तरीय मर्मत गरि टाँडी बजारसम्म लाईनबाट आपूर्ती गरेसगैँ लोडसेडिगं हुने समस्या हल भएर यो समस्या हल भएको उनले फेरि सम्झीए ।

 

 

 

‘ओभरलोड हुने समस्या हल गर्दै केन्द्रले गरेको प्रयास राम्रो छ रत्ननगरका मेयर नारायण वनले भने लोडसेडिगंको तालिका नै बनाए गर्नुपर्ने बाध्यता हटाएर जनतामा ठुलो राहत दिएको छ ।’

हात्ती महोत्सव समयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंलाई सौराहाका व्यवसायीहरुले माग गरेको छुटै फिडर दिन समेत केन्द्र सफल देखियो । सोही अनुसार आफुहरुले छुटै लाईन दिएको उनले बताए । विद्युत् आपूर्तिमा समस्या झेल्दै आएको सौराहालाई छुट्टै प्रसारण लाइनमार्फत बिजुली सप्लाइ गरी राहत दिएको हो । नेपाल विद्युत् प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले सौराहालाई केन्द्रित गरी छुट्टै प्रसारण लाइन दिएको हो ।
सौराहामा विद्युत् आपूर्तिका लागि सौराहा फिडर नै स्थापना गरिएको छ । छुट्टै प्रसारण लाइनमार्फत बिजुली दिएपछि सौराहा र आसपासका क्षेत्रहरुमा पटकपटक बिजुली जाने, भोल्टेज कम हुने समस्या नहुने रत्ननगर टाँडी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए ।

केन्द्र कै पहलमा हाल यहाँ ग्राहक संख्या ३ हजार वद्धि भएको र छिटै १४ हजार विद्युत् बिहिनी बनेका पूर्वी चितवनका सर्वसाधारणलाई विद्युतीकरण पुराउने योजना अनुसार यसै अर्थिक बर्ष पूर्ण विद्युतीकरण भएको क्षेत्र घोषण गर्ने महत्वपूर्ण योजना आफ्नो रहेका बताए ।
यस्तै पूर्वी चितवनको भण्डारा हर्र्दीमा १ सय ३२ केवि सब स्टेशन समेत केन्द्र पहलमा निर्माण भई यसमा ११ केवि दुई वटा फिडर बनाएर प्रसारण लाईन बनाएर सञ्चालन समेत गर्न श्रीवास्तव टिम सफल भई यहाँ लोडसेडिगंलाई हल गरेको छ ।
हर्दीको सवस्टेशन सञ्चालनले पनि यो क्षेत्रमा पूर्ण लोडसेडिगं हुने समस्याको अन्त्य, भोल्टेज लगायताका समस्या पनि हल भएको छ । साथै यो समस्या हल गर्न १३२ के भी हर्दि भण्डाराको सवस्टेशन संचालन गरि विधुत आपुर्तिको समस्या समाधान गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंसहित निर्देशक व्रजभुषण चौधरी , हरराज न्यौपाने तथा आयोजना प्रमुख रमनराज शर्मा पनि पूर्वी चितवन बासीको तर्फ धन्यवाद समे त दिए ।

अझै पनि समस्या तर उनले भने, तर जनतालाई सहज रुपमा छिटो सेवा दिन आफ्नो टिम कटिवद्ध रहेको बताउदै उनले विद्युत् आपूर्तीमा समस्या आउने गतिविधि भएमा तत्काल केन्द्रमा खबर गर्न अपिल पनि गरेका छन् ।
कर्मचारीको अभावका विच १० करोड पूजीगत लाईन विस्तार, महामारीको विचको कहरमा पनि १२ सय ८० जना विद्युत् बाकी महसुल नबुझाउनेबाट २ करोड ४ लाख रकम असुल गर्न समेत केन्द्र सफल छ ।
यस्तै २ सय ५७ वन्द मिटरलाई बदली गरि सुधार गरेको र १ सय २८ जनालाई विद्युत् चुहावटमा कार्वाही गर्न केन्द्र अग्रसर देखिएको छ । यस्तै १ सय ६० जना कालोसूचीमा राख्दै ४ जनालाई बाकीँ रकम भुक्तानी गराउन पनि केन्द्रले पहल गरेको छ । केन्द्र ईन्जीनियर तथा सहायक ईन्जीनियर गरि ६ जनाको दरवरन्दी भएपनि हाल १ जना सहायक ईन्जीनियरको भरमा प्राविधिक समस्यामा छिटो भन्दा छिटो हल गर्ने काम गरिहेको छ ।
ग्राहकले बिजुलीको समस्या भोग्न नपरोस् भनेर टाँडी वितरण केन्द्रअन्तर्गत ७ वटा सवफिडर र प्रत्येक पालिकामा फ्युज सेवा सञ्चालनमा ल्याएको प्रमुख श्रीवास्तवले जानकारी दिए । टाँडी वितरण केन्द्रअन्तर्गत ६० हजार ४२६ जना ग्राहक रहेका छन् ।