सुनको मुल्यमा भारी वृद्धि , खरिदभन्दा बिक्रि गर्नेको लहर वढ्दो

चितवन : नेपाली बजारमा सुनको मुल्यमा निरन्तर वृद्धि भएपछि ग्राहकहरु सुन खरिदभन्दा बिक्रि गर्नेको लहर वढेको ब्यवसायीहरुले बताएका छन् । कोरोना महामारीका कारण  उनीहरुले पछिल्लो वर्षको तुलनामा यस वर्ष व्यवसाय खस्किएको गुनासो गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ चितवनका उपाध्यक्ष रुबिन रामुदामुले कोरोना महामारीका कारण बिश्वका शक्तिशाली देशमा अर्थतन्त्र खस्किएसंगै सुनचाँदीमा लगानी कर्ताहरुको आकर्षण बढेकाले सुनको भाउ आकाशिएको वताउदै  बिश्व बजारमा अहिले सुन प्रति औँसत २ हजार अमेरिकी डलर कायम भएको वताउनुभएको छ ।

नेपाली  महान पर्व हरितालीका तीज ,दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने  कारोवार शून्य रहेको ब्यवसायीहरुले बताएका छन् ।