टिकौलीको सवारी दुर्घटनामा १४ जना घाइते

 

चितवन : पूर्वी चितवनको रत्ननगरका बुधवार भएको सडक दुर्घटनामा परी १४ जना घाइते भएका छन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं १० कृष्णमन्दिर चोकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा मिनीबसमा सवार १४ जना घाइते भएका हुन ।

रोकिएको बा ३ ख ५९१ नम्बरको मिनीबसलाई भरतपुरबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ४३७४ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक प्रकास शाहले जानकारी दिए । घाइतेहरु मध्ये एक जनाको पुरानो मेडिकल कलेज र बाँकी १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अबस्था सामान्य रहेको छ ।