गैरजिम्मेवार अभिव्यक्ति नदिन माडीका मेयरलाई प्रेस युनियनको चेतावनी

चितवन :  माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले प्रेस विरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियन चितवनले आपत्ती जनाएको छ ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले एक विज्ञप्ती जारी गर्दै समाचारका विषयलाई लिएर पत्रकारहरुलाई कालोमोसो दल्ने भनेर दिएको अभिव्यक्तिप्रति जनाउँदै तत्काल ती शब्द फिर्ता लिन आग्रह गरेका छन् । साथै युनियनले गैरजिम्मेवार अभिव्यक्ति नदिन मेयर ढकाललाई चेतावनी समेत दिएको छ । माडी क्षेत्रमा मेयर ढकालकै नेतृत्वमा सालका रुखहरु काटिएको भन्दै आएको समाचारप्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारलाई पित पत्रकारिताको संज्ञा दिएर जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्तिले आमपत्रकार माथि प्रहार गरेको युनियनको ठहर छ ।

जनप्रतिनिधिको धम्कीबाट बिचलित नभइ सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आमपत्रकारलाई यूनियनले आग्रह गरेको छ । स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकार माथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको यूनियनको ठहर छ ।