कोरोनाले सबैभन्दा धेरै मृत्यु हुने देशमा ल्याटिन अमेरिका

एजेन्सी :विश्वमा कोरोना महामारीको सबैभन्दा बढी प्रभाव ल्याटिन अमेरिकामा परेको रोयटर्सले समाचारमा जनाएको छ । ल्याटिन अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या युरोपमा भन्दा पनि बढी छ ।

ल्याटिन अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट दुई लाख ६ हजारजनाको मृत्यु भइसकेको छ । यो विश्वभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको ३० प्रतिशत हो ।

ल्याटिन अमेरिकाको ब्राजिल कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको छ । जहाँ मंगलबारसम्म ९५ हजार ८१९ जनाको मृत्यु भइसकेको छ ।

यस क्षेत्रको दोस्रो धेरै प्रभावित देश भनेको मेक्सिको हो, जहाँ ४८ हजार ८६९ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिल र मेक्सिकोबाहेक कोलम्बिया, पेरु, अर्जेन्टिना र बोलिभियामा कोरोना संक्रमणको संख्या द्रुत गतिमा बढिरहेको छ । -बीबीसी