सुनको भाउ १ लाख कट्यो, एकै दिन १६ सय वृद्धि

 

काठमाडौं : नेपालमा पहिलोपटक सुनको भाउ प्रति तोला एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार एकै दिन छापावाल सुन तोलामा १६ सय रुपैयाँ वृद्धि भई १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।