अयोध्यामा राम मन्दिरको शिल्यानास हुँदै

काठमाडौं : भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज(बुधबार) राम मन्दिरको शिल्यानास हुने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा लिएर हिजै त्यसतर्फ प्रस्थान गरेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर हिजै भारतको अयोध्या प्रस्थान गरेका छन् ।

महन्त दासले जनकपुरधामबाट चाँदीका पाँच वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताएका छन् ।

एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको छ । भगवान रामको मन्दिर निर्माणका लागि हुने भूमिपूजामा सहभागी हुन महन्त दासलाई अयोध्याबाट निम्तो आएको थियो ।

दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको हो ।