रात्रीकालिन चेकिङमा आफै उत्रिए एसपी नान्तीराज गुरुङ (भिडियो र फोटो)

चितवन : लकडाउन हट्ने हो की बढ्ने हो सबैमा चिन्ता छ । तर चितवन प्रहरीका प्रमुख एसपी नान्तीराज गुरुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टको दैनिक भने फेरिएको छ । केहि दिन अघि मात्रै आफ्नै सहकर्मी हवल्दार सवारी दुर्घटना परेर मुत्यु भएपछि यि दुवैको ध्यान दुर्घछना न्यूनिकरण तर्फ छ । त्यसो त यसअघि पनि दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान जारी नै थियो । तर यो पटक भने फेरि यस्ता घटना हुन नदिन के गर्न सकिन्छ । यहि कारण उनीहरुको दैनिक फेरिएको छ । जब ७ बज्छ ।
अनि आफुहरु सगैँ आफ्ना टिमलाई निर्देशन दिदै सवारी चालक र यात्रहरुलाई अनुरोध गर्छन् । झरीको मौसम, धेरै सवारी नहाक्नुहोस्, कोरोना छ सुरक्षित तवर माक्सको प्रयोग गर्नुहोस्, दुर्घटना हुनै नदिन के गर्न सकिन्छ त्यो तर्फ ध्यान दिऔँ     
एसपी आफै फिल्डमा उत्रिएको देख्दा सवारी चालक पनि अचम्मीत देखिए । चितवनमा रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउन निर्देशन दिदै एसपी गुरुङ राती आफै फिल्डमा उत्रिएका हुन् । एसपी नान्तीराजले प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी हुदै सवारी चालकहरुसंग प्रहरीले दुख दिएको नदिएको तथा प्रहरीको क्रियाकलापको बारेमा समेत जानकारी लिएका छन् ।
प्रहरी जवानहरुको काम कारवाहीमा कुनै कमजोरी नआओस र उनीहरुमा आफ्नो कर्तब्य र जिम्मेवारी बहन गर्नका लागी थप मद्दत पुगोस भनेर आफु स्वयं फिल्डमा उत्रेर काम गरेको र सिनियर अफिसरहरु यसरी फिल्डमा गएर काम कारबाहीमा सहभागी हुदा ड्युटीमा रहेका जवानहरुलाई पनि काम गर्ने मनोवल बढ्ने भएकाले आफु मात्र नभइ मातहतका सिनियर अफिसरहरुलाई पनि जवान संगै चेकिङमा उत्रेर काम गर्न उनले अनुरोध गरेका थिए ।

रात्रिकालीन चेकजाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्त रुपमा सडक सुरक्षा चेकजाँच कार्ययोजना कडाइको साथ लागू गर्दै रात्रिकालिन सवारी चेकजाँच तीव्र पारेको उनले स्पष्ट पारेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गतसालको माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना २०७६ लागू गरि रात्रिकालिन सवारी चेकजाँच सुरु गरेका थिए ।

हामी आफै फिलडमा खटिएका छौँ ताकि हाम्रा खटिएका सहकार्मीहरुलाई दुर्घटना न्यूनिकरणमा थप मनोवल बढोस् एसपी गुरुङले भने । मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाईअलट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाहरुको न्यूनिकरण गर्न योजनावद्ध तरिकाले सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा रातीको समयमा हुन सक्ने संभावित सवारी दूर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान शुरु गरेको हो ।

नारायणगढ–मुग्लिन सडक र नारायणगढ–लोथर सडकमा रातिको ७ बजेदेखी १२ सम्मको समयमा आलोपालो गर्दै लोथर, खैरहनी, टाँडी, गोन्द्राङ, आँपटारी र मुग्लिङ गरी आठ स्थानमा चेकजाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

रातको समयमा भएका दुर्घटनामा मानविय क्षती वढि भएको र चालकको लापरवाही, तीव्र गति, चालकले मादक पदार्थ सेवन गरि चलाउने, एउटै चालकले लामो दुरीको सवारी चलाउने लगायतका कारण दुर्घटना हुने गरेका छन् ।

सवारी व्यवस्थापनदेखि सडक दुर्घटना न्यनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको एसपी गुरुगंले भने, ‘रातको समयमा भएको दुर्घटनामा मानवीय क्षती बढी भएको पाइएकाले चेकजांँचमा कडाई गरिएको हो ।’

चेकिङको क्रममा भेटिएका अधिकांस सवारी चालकहरुले सवारी चेकजांच गर्नु राम्रो काम भएको वताउदै ट्राफिक नियम विपरित सवारी चलाउनेहरुलाई कारवाही गर्न आफुहरुले समेत सहयोग गर्ने वताएका थिए ।