कविता : पीडा

~विष्णु खरेल~

देश रोइ रहयो
अविरल साउने झरी झै
म किंकर्तव्यविमुढ
न देशको आंसु पुछन नै सके
न सान्त्वना दिन नै सकें
किनकि,
देश रुवाइ हास्नेहहरुको बीचमा
कागको हूलमा वकुल्ला जस्तो भएं
र,
टाढैबाट बिदाईका हात हल्लाइ
बिदेशिन बाध्य भएं ।