नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।पार्टीभित्र चर्किएको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल शुरु भएको हो ।

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।