प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा मंगलबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज मोरङका पाँचवटा स्थानीय तहमा संक्रमण देखिएको छ । विराटनगरमा ४ महिला र ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २-२ पुरुष, उर्लाबारीमा एक पुरुष छन् ।

सुनसरीको दुहबीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगन्‍जमा दुई-दुई, भद्रपुरमा एक पुरुष, इलामको सूर्योदयमा दुई पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ सय ७१ जना पुगेको छ । आज एकजना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत एकजना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेको संख्या ८३० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रदेश एकमा आज ९९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।