राष्ट्रसंघले भन्यो- विद्यालय पुन:सञ्‍चालन गर्नुअघि स्थानीय संक्रमण नियन्त्रण ‘मुख्य प्राथमिकता’ मा राख्‍नुपर्छ

एजेन्सी : कोरोना भाइरसको महामारीले शिक्षा क्षेत्रमा इतिहासमै पहिलोपटक अत्यधिक प्रभावित बनाएको छ । मध्य जुलाईदेखि विश्वभरका १६० भन्दा बढी देशका विद्यालय बन्द भएका छन् ।

यसरी विश्वभरका विद्यालयहरु बन्द हुँदा एक अर्बभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विश्‍वभरका मुलुकहरुले विद्यालय पुन:सञ्‍चालन गर्नुभन्दा पहिले स्थानीय संक्रमण नियन्त्रणलाई ‘मुख्य प्राथमिकता’ मा राख्‍नुपर्ने बताएका छन् ।

गुटेरेसले भने, “कोरोना नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीले कम्तिमा ४ करोडभन्दा बढी बालबालिकाले ‘प्रि-स्कुल’ बाट वञ्‍चित भएका छन् । महामारीअघि २५ करोडभन्दा बढी बालबालिकाहर विद्यालय बाहिरै रहेको बताइएको छ ।

“हामीले अहिले यो पुस्ताकै ठूलो विपत्तिको सामना गरिरहेका छौं । यसले महामारीले दशकौंको प्रगतिलाई पछि पारिदिएको छ भने असमानता सिर्जना गरेको छ,” गुटेरेसले भने । उनले यूएन ‘सेभ आवर फ्युचर’ अभियान सुरु गरेका हुन् । -अलजजिरा