काठमाडौंमा थप ६२ जनामा कोरोना पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

भक्तपुरका १३, काठमाडौंका ४८ जना, ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। यस्तै मन्त्रालयका अनुसार मंगलबार थप २५९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ०९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १५ सय ०२६ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४ सय ५२ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ९ सय २५ जनाको उपचार भइराखेको छ ।