नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं :  आज मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।