अमेरिकामा स्कुल नखुलाउन शिक्षककाे देशव्यापी आन्दोलन

एजेन्सी : अमेरिकामा १० शिक्षक संगठन, प्रजातान्त्रिक समाजवादी र अन्य समूहले स्कुल नखुलाउन भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरुले सरकारले स्कुल खुलाउने तयारी गरेको कुराको विरोध गर्दै देशव्यापी प्रदर्शनको आह्वान गरेका छन् । सरकारले जबर्जस्ती स्कुल खुलाउने भएपछि उनीहरुले प्रहरीमुक्त स्कुलको माग गर्दै देशव्यापी आन्दोलन गरेका हुन् ।

अमेरिकाका २० भन्दा धेरै सहरमा प्रदर्शनको तयारी भइरहेको छ । सिकागो, न्युयोर्क, लस एन्जलस, डाल्लास लगायत ठूला सहरमा देशका प्रतिष्ठित शिक्षकहरु प्रदर्शन गर्दैछन् ।

कोरोनाभाइरसको महामारी अन्त्य नभएसम्मका लागि स्कुल, कलेज खुलाउन नहुने आन्दोलनकारी शिक्षकहरुको तर्क छ । साथै सरकारले जबर्जस्ती स्कुल खुलाउने भएपछि ‘प्रहरी मुक्त स्कुल’को नारा लगाउँदै शिक्षकहरु आन्दोलित बनेका हुन् ।