लागुऔषधको अत्यधिक प्रयोगले गुरुङको मृत्यु

 

भरतपुर : लागुऔषधको अत्यधिक प्रयोगले भरतपुर महानगरपालिकाका एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. छ का एकत्तीस बषीय इश्वर गुरुङ रहेका छन्।

भरतपुर महानगर पालिका वडा नं -११ मा रहेको नबजागृती सामुदायिक बन भित्र(जखडीमाई मन्दिर नजिक) उनको शव भेटिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले अत्यधिक लागुपदार्थ सेवन गरेर मृत्यु भएको हो ।

तानगर,चोक बजार बस्ने अन्दाजी २८-३० बर्षको पुरुषको शब फेला परेको छ।।जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको प्रहरी टोलीले शबको मुचुल्का उठाई शबको पोष्ट मार्टमको लागि भरतपुर अस्पताल पठाएको छ।