कोरोना नियन्त्रणमा एसपी नान्तीराजको एक्सन : मास्क प्रयोग नगर्ने ७७३ जना कारबाहीमा

चितवन : चितवनमा प्रहरीले सार्वजनिक स्थानमा सामाजिक भौतिक दुरी कायम नगर्ने तथा मास्क प्रयोग नगरि हिँड्नेलाई जरिवानासहित कारबाही शुरु गरेको छ ।

आइतबार र सोमबार जिल्लाका बिभिन्न स्थानमा न्यूनतम सामाजिक र भौतिक दुरी कायम नगरी सवारी साधन संचालन गर्ने तथा सार्वजनिक स्थानमा हिंडडुल गर्ने ७७३ जनालाई कारबाही गरेको छ ।

कारबाहीमा परेका ७७३ जनालाई ८३ हजार ५ रुपैयाँ जरिवाना लिएर छोडिएको प्रहरीले जानकारी दिएको छ ।

सो जरिवाना संक्रामक रोग नियन्त्रण एैन २०२० अनुसार व्यक्तिकोलागी रु सय र सवारी साधनको लागी स्थानिय प्रशासनको एैन अनुसार रु पांच सय तोकिएको कार्यलयले जनाएको छ ।