इङ्ल्यान्ड टोलीलाई पाकिस्तान बोर्डको धम्की

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डले इङ्ल्यान्ड क्रिकेट टोलीलाई धम्की दिएको छ । पाकिस्तान क्रिकेट बोर्डले इङ्ल्यान्डलाई सिरिजका लागि पाकिस्तान यात्रा गर्नुपर्ने बताएको हो । स्पोर्टस्‌मेलका अनुसार यात्रा नगरे हाल तय भएको टुर स्थगित हुन सक्ने धम्की दिएको हो ।

यसअघि पाकिस्तान क्रिकेट टिमले यूएईमा विदेशी टिमलाई आमन्त्रित गर्दै सिरिज खेल्ने गरेको थियो । आतंकीत हमलापछि विदेशी टोलीले पाकिस्तानमा खेल्न छोडिदिएका थिए ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले २०२२ मा इङल्यान्ड टोलीले पाकिस्तान यात्रा गर्नुपर्ने बताए ।

उनले अब यूएईमा कुनै पनि सिरिजको आयोजना नगर्ने समेत बताए । मनीले इङ्ल्यान्ड टोली पाकिस्तान आउन सहमत नभए तय भएको सिरिज पनि स्थगित हुन सक्ने बताएका छन् ।

बोर्डका अध्यक्ष मनीले सधै इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको सम्पर्कमा रहिरहेको बताए । उनले पाकिस्तानमा जुनसुकै टोली खेल्न तयार भएपनि पूर्ण सुरक्षा प्रदान गरिने जानकारी दिए ।

.