बाह्रबोर बन्दुकसहित पक्राउ

मुस्ताङ :मुस्ताङमा बाह्रबोर बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेन्ड रेस्ट्रो एन्ड बार कफी सपका सञ्चालक काभ्रे चौरी देउराली गाउँपालिका ७ घर भएका २६ वर्षीय सुरेश लामा छन् ।

घरपझोङ गाउँपालिका ३, जोमसोमबाट १ नाल बाह्रबोर बन्दुकसहित उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।