कोरोना कहर : चाडपर्व मनाउँदा अनावश्यक भीडमा नजाउ

काठमाडौं । दिनहुँ दुई सयभन्दा बढी नयाँ संक्रमित भेटिइरहेका छन् । निको भई डिस्चार्ज हुनेभन्दा नयाँ संक्रमितको संख्या बढ्दो छ । शनिबार इस्लाम धर्मावलम्बीको बकर इद थियो । आज सोमबार हिन्दूहरूको रक्षाबन्धन ९जनैपूर्णिमा० छ । त्यसपछि कृष्णजन्माष्टमी र तीज पनि आउँदैछ ।

चाडपर्वहरू कोरोना सार्ने माध्यम बन्ने त होइनन् रु स्वास्थ्य पदाधिकारी एवं चिकित्सकहरूलाई चिन्ता छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्छन्, ‘शुभकामना आदानप्रदान गर्दा अंकमाल नगरौं । हात नमिलाऔं । दुई मिटर टाढाबाटै नमस्कार गरौं । कुनै पनि धार्मिक कार्य गर्दा घरमै परिवारका साथ पूजा प्रार्थना गरौं ।

टेलिफोन, जुमलगायतका एप्स र अनलाइन माध्यमबाट शुभकामना आदानप्रदान गरौं । चाडपर्व विगतमा झैं मनाउनु हुँदैन ।’ नेपाली चाडपर्वमा आफन्त जम्मा भई पूजा प्रार्थना गर्ने र मीठा परिकार बनाई सबैसँगै बसी रमाइलो मानेर खाने चलन छ ।

यो वर्ष कोरोना भाइरसको कारणले चाडपर्व आए पनि त्रास छ । खोक्दा, हाछ्यूँ गर्दा, बोल्दा वा गीत गाउँदा थुक वा श्वास फेर्दा निस्कने छिटाबाट एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले सावधानी अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा शेरबहादुर पुनका अनुसार संक्रमित सतह वा भुइँ हातले छोएपछि आँखा, नाक, मुख छोएमा पनि एक व्यक्तिबाट अर्कोमा कोरोना भाइरस सर्छ । कतिपय मुलुकले कोरोना संक्रमण फैलिन नदिन धार्मिकस्थल बन्द गर्ने, जमघट तथा भेला समारोह निषेध गर्ने जस्ता उपायहरू अवलम्बन गरेका छन् । डा गौतम भन्छन्, ‘विगतमा झैं गरेर यस पटक चाडपर्व मनाउनु हुँदैन ।’

चाडपर्व मनाउँदा अनावश्यक भीडमा नजान र आफ्नै घरमा मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।