मृत्यु पछि कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर : चितवनको कालिका नगरपालिका वडा नं ८ स्थित  होम क्वारेन्टाइनमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले होम क्वारेन्टाइनमा बसेका बेलामा मृत्यु भएका वृद्धको मृत्यु पछि कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनको घर परिवारले शव बुझेका छन् । मृतक वृद्ध यही साउन ८ गते राति भारतबाट घर आएका थिए । कसैलाई थाहा नदिई भारतबाट आएका ती वृद्ध होम क्वारेन्टाइनमा थिए । ।