सेनाको विषयमा चलचित्र प्रसारणअघि रक्षा मन्त्रालयबाट ‘एनओसी’ आवश्यक

एजेन्सी :अब सेनाको विषयमा बन्‍ने भारतीय चलचित्र तथा टेलिभिजन सिरीज प्रसारण पूर्व रक्षा मन्त्रालयबाट कुनै आपत्ति प्रमाण पत्र (एनओसी) लिनु पर्नेछ ।

रक्षा मन्त्रालयलेकेन्द्रिय फिल्म प्रमाणीकण बोर्ड, सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण मन्त्रायलाई पत्र पठाउँदै प्रोडक्सन कम्पनीहरुलाई यस कुराको जानकारी दिन भनेका छन् ।

केही चलचित्र तथा सिरीजमा सेनाको चरित्र र पोशाकबारे आपत्तिजनक ढंगले चित्रण गरेको भन्दै उजुरी आउन थालेपछि मन्त्रालयले यो नियम लागु गरेको हो ।

“केही निर्माण कम्पनीहरुले आफ्नो चलचित्र र सरीजमा भारतीय सेनाको छवि बिगार्ने तरिकाले चित्रण गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको छ, ” पत्रमा लेखिएको छ ।

यसैकारण आगामी दिनहरुमा यस्ता विषयवस्तुमा निर्माण भएका चलचित्र र सीरीज प्रशारण पूर्व निर्मााण कम्पनीले मन्त्रालयबाट एनओसी पत्र लिनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

साथै सुरक्षा बलको छवि बिगार्ने वा उनीहरुको भावनालाई चोट पुर्‍याउने खालका विषयवस्तु भएमा त्यसलाई प्रशारणमा रोक लगाइने पनि पत्रमा उल्लेख गरिएको छ ।

खबरका अनुसार कथित केही सम्बन्धित नागरिकहरू र पूर्व सैनिक संघहरूले कानुनी कारवाहीको लागि प्रोडक्सन हाउस र ओटीटी प्लेटफर्मको विरुद्ध एफआईआरसमेत दर्ता गरेका छन्। – बलिउड हंगामा