कक्षा ११ को परीक्षा नगर्न भन्दै चितवनमा प्रदर्शन

चितवनः आन्तरिक मूल्याङ्कनको आधारमा कक्षा ११ का विद्यार्थीलाई उत्तीर्ण बनाउनुपर्ने भन्दै चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । शिक्षा मन्त्रालयले लकडाउनको समयमा आन्तरिक मुल्याङ्न र लकडाउन खुलेपछि परीक्षा दिनुपर्ने भनी विद्यार्थीलाई ढाँटेको भन्दै प्रदर्शन विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

आज आइतबार चितवनको विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ को परीक्षा खारेज गर्नुपर्ने भन्दै भरतपुरको चौबिस कोठीमा प्रदर्शन गरेका हुन् । लामो समयको लकडाउने विद्यार्थीहरु मानसिक समस्यामा बस्नु परेको र अझै पनि कोभिड १९ को जोखिम नहटेको भन्दै भौतिक रुपमा उपस्थित भएर परीक्षा दिन नसक्ने उनीहरुले बताए ।

विद्यार्थीहरुले दुई जिब्रे शिक्षामन्त्री चाहिँदैन, धोका दिन पाइदैन, खेल्नु नै छ भने पब्जी खेल सरकार, विद्यार्थीको जीवन सँग होइन, लगायतका प्लेकार्ड बोकेर चौविसकोठीमा विरोध गरेका हुन् । विद्यार्थीहरुले आन्तरिक मुल्याङ्कनबाट नतिजा निकाल्न माग गरेका छन् ।