फेरी लकडाउन गर्ने संकेत

काठमाडौँ  : पछिल्लो समय दिनानुदिन उपत्यकाको चोक–चोकमा प्रदर्शन भइरहेको छ । लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकासहित देशैभर कोरोना संक्रमितहरुको संख्या पनि दिनानुदिन बढेपछि सरकारले भाइरस संक्रमण नियन्त्रण गर्न फेरी लकडाउन गर्ने संकेत गरेको छ।

लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि गृह मन्त्रालय जोरबिजोर प्रणाली समेत लागू गर्ने तयारीमा छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार जोरबिजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी समेत पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले रातोपाटीसँग भने, ‘यस विषयमा आवश्यक छलफल भइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।