सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते

धनगढी :  प्रदेशसभा सदस्य अम्बि कुमारी थापा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्।

सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य शनिबार धनगढी उप–महानगरपालिकाको वडा नम्वर ८ बुद्ध चोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो।

थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन सकेन।

धनगढीस्थित माया मेट्रो अस्पतालका चिकित्सकले टाउकोमा गम्भीर चोट लागेकाले ब्रेनमा रगत जम्न सक्ने भन्दै ‘रिफर’ गरेपछि काठमाडौं लगिएको छ।

उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले जानकारी दिए।