रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम

चितवन : पूर्वी चितवनको रोटरी क्लव अफ रत्ननगरको पद स्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगरमा आयोजित एक विशेष समारोहका बीच बर्ष २०१९/२० का अध्यक्ष विपिन पोखरेलले बर्ष २०२०/२१ का अध्यक्ष शिवराज उप्रेतीलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष बनेका पोखरेलले आफ्नो कार्यकालका पदाधिकारी तथा सदस्यहरु,सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई कदरपत्र प्रदान गरेका थिए । पोखरेलको कार्यकालमा अन्र्तराष्ट्रिय म्याराथुन देखि सौराहामा मीनी घण्टाघर निर्माण भएको थियो । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सामाजिक क्षेत्रमा रोटरीले गरेको काम अनुसरण गर्न लायक रहेको बताए । कार्यक्रममा २०२०/२१ का अध्यक्ष शिवराज उप्रेतीले सामाजिक क्षेत्रमा रोटरीले गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । रोटरीका डिष्ट्रिक गर्भनर राजिव पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा निर्वतमान डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ,पूर्व डिष्ट्रिक गर्भनर रविन्द्र कुमार पिया,रत्ननगरका मेयर नारायण वन,असिष्टेण्ट गर्भनर रमेशकुमार श्रेष्ठ,निर्वतमान अध्यक्ष विपीन पोखरेल लगायतले मन्तव्य राखेका थिए । पूर्व अध्यक्ष प्रेमकृष्ण खनालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले धन्यवाद मन्तव्इ राखेका थिए । रोटरी क्लव अफ रत्ननगरले रोटरी पुस्तकालय,सार्वजनिक शौचालय,चेपाङ वालवालिकालाई खाजा,मुसहर समुदायलाई आवास लगायतका कामहरु गरेको निर्वतमान सचिव सुरेन्द्रनाथ रेग्मीले जानकारी दिए ।