राप्ती १ मा जंगली हात्तीले घर भत्कायो

चितवन :  राप्ती नगरपालिका वडा नम्बर १ मा जंगली हातीले घर भत्काएको छ । शुक्रबार राति नया बस्ती जङ्गल टोलको अमर बहादुर चेपाङ्गको घर पुर्ण रुमा भत्काइदिएको हो । राती चितवन राष्टिय निकुञ्जबाट बस्ती छिरेको हातीले घर भत्काइदिएको पिडित चेपाङ्गले बताए । घरमा श्रीमति दिलमाया चेपाङ्गसहित अमर बहादुर मात्र थिए । हातीले सो क्षेत्रको केहि स्थानीयको धानबालीमा समेत क्षति पुर्याएको । हात्तिले भत्काए पछि राप्ती नगरपालिकाका उपप्रमुख इमान सिङ लामा, राप्ती ४ का वडाअध्यक्ष शमशेर लामालगायत चेपाङ्गको घर पुगेका छन । उनले घटनाको क्षतिपुर्ति निकुञ्जले दिनुपर्ने र जंगली जनावरको जोखिम नियन्त्रणका लागि काम गर्नुपर्ने बताए । निकुञ्जले घर नबनाए आफ्नो ब्यक्तिगत खर्चमै चेपाङ्ग दम्पतिको घर बनाइदिनेसमेत उनले बताए ।