समाजवादी युवा संघ रत्ननगरको अध्यक्षमा चौधरी चयन

चितवन : समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवासंघको रत्ननगर नगर कमिटी गठन गरेको छ । शनिवार रत्ननगरमा भएको एक भेलाले रवि चौधरीको अध्यक्षतामा २९ सदस्य नगर कमिटी गठन गरेको छ ।

जस्को उपाध्यक्षमा रजेश माली, सचिवमा सौगात मैनाली, कोषाध्यक्षमा मुना राउत रहनु भएको छ । भने सदस्यहरुमा राजेन्द्र महत्तो, रवि भट्ट, विजय चौधरी सहित २९ सदस्य नगर कमिटी गठन गरेको समाजवादी युवा संघ जिल्ला अध्यक्ष प्रदिप रेग्मीले वताए ।

आजै समाजवादी युवा संघको जिल्ला कार्यालयको समेत समुदघाटन गरेको रेग्मीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रय सल्लाकार पदम गुरुङ्ग , जिल्ला पार्टी अध्यक्ष प्रेम भुजेल, पार्टी जिल्ला सह ईन्चार्ज अजय निराला, पार्टी जिल्ला उपाध्यक्ष तुलाराम गुरुङ्ग, जिल्ला कोषाध्यक्ष मनोज पोखरेल, युवाका केन्द्रय सदस्य एवं जिल्ला अध्यक्ष रेग्मी, युवाका केन्द्रय सदस्य ललन ठाकुर ,रत्ननगर पार्टी अध्यक्ष गोर्कण अधिकारी, युवा जिल्ला उपाध्यक्ष मानव लामा लगायतको सहभागिता रहेको थियो भने युवाका जिल्ला उपाध्यक्ष रवि थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।