आफ्नै बच्चालाई जिउँदै गाड्ने दम्पती पक्राउ

अर्जेन्टिना:अर्जेन्टिनाका एक जोडीले आफ्नै दुई वर्षको बच्चालाई जिउँदै गाडिदिएका छन् ।यौन क्रियाकलापमा व्यस्त भइरहेका बेला उनीहरुलाई बच्चाले बाधा पुर्‍याएको भन्दै जिउँदै घाँटीसम्म बालुवामा खाडल खनेर गाडिदिएका थिए ।क्षणिक यौन उन्माद र आनन्दका लागि उनीहरुले गरेको यस्तो हर्कतले वरिपरिका मानिसहरु अचम्मित हुनुका साथसाथै त्रसित पनि भएका थिए । सो घटनालाई नियालेका केही मानिसहरुले प्रहरीलाई तत्कालै खबर गरिदिएका थिए ।
घटनाको खबर पाएलगत्तै ४५ मिनेटभित्र उक्त स्थानमा पुगेको प्रहरीले चर्को घाममा गाडिएको बच्चा फेला पारेको थियो । सो बच्चा भोक र प्यासले तड्पिरहेको अवस्थामा पाइएको प्रहरीले जनाएका छन् ।
बच्चालाई उद्धार गरिसकेपछि प्रहरी यौनक्रिडामा लिप्त जोडीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको झोला जाँच गर्दा झोलाभित्र विभिन्न प्रकारका नसालु औषधि पनि फेला परेको प्रहरीले बतायो ।
आफ्नै बच्चामाथि यस्तो क्रूर व्यवहार गर्ने दम्पत्तिदेखि सबै मानिस अचम्ममा परेका छन् । नाम नखुलाइएका २९ वर्षका बच्चाका बुबा अर्जेन्टिनाकै हुन् भने २९ वर्षकी आमा प्रागकी हुन् । मानिसहरुका अनुसार उनीहरुको साथमा अन्य एक पुरुषसमेत रहेका थिए । प्रहरी पुगेसँगै उक्त पुरुष भने फरार भएका थिए ।
यौनक्रिडाका लागि बच्चाले बाधा पुर्‍याएपछि उनीहरुले बच्चालाई बालुवामा घाँटीसम्म गाडेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । nepaliko aawaj