पानीमा कोरोना भाइरस नष्ट हुने वैज्ञानिकको दाबी

काठमाडौं :  रुसका वैज्ञानिकहरुले पानीमा कोरोना भाइरस नष्ट हुने दाबी गरेका हुन् । यो स्टडी स्टेट रिसर्च सेन्टर अफ भायरोलोजी एण्ड बायोटेक्नोलाजेी वेक्टरद्वारा गरिएको हो ।

स्टडीमा वैज्ञानिकहरुले पानीमा पुरा किसिमले कोरोना नष्ट हुने दाबी गरेका हुन् । ७२ घण्टामा पानीमा कोरोना भाइरसको संक्रमण नष्ट हुने उनीहरुले बताएका हुन् ।

स्टडीका अनुसार भाइरसको रुप पानीको तापक्रममा निर्भर रहने पनि पत्ता लागेको छ । वैज्ञानिकले ९० प्रतिशत भाइरसका काण २४ घण्टामा र ९९।९ प्रतिशत कण सामान्य तापक्रममा नष्ट हुन्छन् ।

स्टडीका अनुसार उम्लिरहेको पानीमा कोरोना भाइरस तत्काल मर्ने बताइएको छ । तर केहि बेला भने पानीमा रहने सक्ने उनीहरुले बताएका छन् । तर समुन्द्र वा ताजा पानीमा यो नरहने बताइएको छ ।