पशुपतिनगर ईलाकामा प्रहरी निरीक्षक देवराजको सफलता : लागुऔषध फेनारागन र नुर्फिनसहित एक पक्राउ

 

हेटौँडा : लागुऔषध नियन्त्रण अभियानलाई मकवापुरको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवापुर अन्र्तगत पर्ने यस ईलाकामा नयाँ आएका प्रहरी निरीक्षक देवराज काफ्लले सुरुदेखि शान्तिसुरक्षा कायम गर्नेदेखि अपराध नियन्त्रणलाई पहिलो प्रथामिकता राखे अनुसार नै सफलता मिल्दै जान थालेको छ ।

सोही अभियानको क्रममा केहि साता अघि तेल ट्याङकरबाट गाजा वरामद गरेको पशुपतिनगर प्रहरीले फेरि अर्का सफलता हात पारेको छ । बिहिबार राति ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीले टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रोतोमाटेमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ च २८१७ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा १ सय ९३ एम्पुल डाइजेपाम, १ सय ८५ एम्पुल फेनारागन र २ सय ३ एम्पुल नुर्फिनसहित हेटौंडा उपमहानगरपालिका–१५ का वर्ष ३० का सुरेश नेपालीलाई पक्राउ गरेको हो।
यता भ्यान चालक भने फरार रहेको र चालकको खोजी कार्य भइरहेको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।

प्रहरी निरिक्षक देवराजको सफलता : प्रहरीलाई घुस दिन खोज्ने ९ चालक पक्राउ

प्रहरी निरिक्षक देवराज काफ्ले सहित ७ प्रहरी सम्मानित

प्रहरी निरीक्षक देवराजको सफलता : तेल ट्याङकरमा लुकाएर ल्याएको एक सय २८ किलो गाँजासहित २ जना पक्राउ (भिडियो)