आफै अभिभावक्त्व ग्रहणमा जुटे विद्यार्थी नेताहरु

चितवन  :  चितवनका विद्यार्थी नेताहरु आर्थिक अभावका कारण विद्यालय सम्म जान नसकेका बालबालिकाहरुको अभिभावक्त्व ग्रहणमा जुटेका छन् । अभियान अन्तरगत शुक्रबार अर्विन तीवारीले तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धका घाइते टेक बहादुर बुढाको १२ बर्षिय छोरी सुमिना बुढाको अभिभावक्त्व ग्रहण गर्नुभएको छ ।
साबिक अखिल (क्रान्तिकारी)ओइसिस मेडिकल एण्ड टेक्निकल कलेजका अध्यक्ष अर्बिन तिवारीले श्री पृथ्वी मा.बि कालिका–७,भटेनी चितवनमा एक कार्यक्रमका बिच स्कुल झोला,स्टेसनरी सामाग्री,स्कुल ड्रेस लगायतका शैक्षिक सामाग्री प्रदान गरि अभिभावक्त्व ग्रहण गर्नुभएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बागमती प्रदेश कमिटी सदस्य रामध्वज डल्लाकोटी बिबेकको प्रमुख आतिथ्यमा अभिभावक्त्व ग्रहण गर्दै तीवारीले सबैलाई बालबालिकाहरु आर्थिक अभावकै कारण विद्यालय जानबाट बञ्चित गर्न नहुने बताउनुभयो । सबै सचेत नागरिकहरुले आ–आफ्नो तर्फबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्र्रमुख अतिथि नेकपा बागमती प्रदेशका सदस्य डल्लाकोटीले राष्ट्र निर्माणका लागि यूवाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै यस्ता उदाहरणीय कामले सबैलाई प्रेरणा मिल्ने धारणा राख्नुभयो ।
अनेरास्ववियूका केन्द्रिय सदस्य दुर्लभ शाहीले यसलाई अभियानकै रुपमा अघि बढाउनु पर्ने बताउनुभयो । परिवर्तन आफैबाट सुरुवात गर्नुपर्ने उहाँको भनाईछ ।


कार्यक्रममा नेकपा प्रदेश सदस्य रामध्वज डल्लाकोटीको प्रमुख अतिथि तथा शिक्षिका दुर्गा रायमाझीको विशेष अतिथि अनेरास्ववियू केन्द्रिय सदस्य दुर्लभ शाही, साबिकको अखिल (क्रान्तिकारी) जिल्ला कार्यालय सदस्य द्वय अमृत पोखरेल,सुदिप भट्टराई अतिथि रहनुभएको थियो ।
कार्यक्रम साबिक अखिल क्रान्तिकारीका चितवन जिल्ला कार्यालय सदस्य सतिश ढकालले संचालन गर्नुभएको थियो ।
यस अघि अनेरास्ववियू चितवनका नेता डा. अमृत पोखरेलले चितवनको इच्छाकामनाका तीन जना विपन्न परिवारका बालबालिकाहरुको अभिभावक्त्व ग्रहण गर्नुभएको थियो । आफ्नो जन्म दिनको अवसरमा आइतबार श्री राष्ट्रिय प्राथमिक विद्यालय उपर्दाङ्गढी इच्छाकामना ७ चितवनमा विद्यालय जान छाडेका बिपन्न चेपाङ परिवारका तीन बालबालिकाहरु तितस प्रजा, सृजना प्रजा र कृपा प्रजाको अभिभावक्त्व ग्रहण गर्नुभएको हो ।
पोखरेलले अभिभावकत्व ग्रहण गर्दै अनिवार्य बिद्यलाय जाने सर्तमा विद्यालय पोषाक स्टेसनरी सामाग्री,स्कुल झोला प्रदान भएको हो ।