बाराका नेकपाका नेताहरुको कारण जितपुर सिमरा नगरपालिका धरापमा

बारा : बाराका नेकपाका नेताहरुको कारण अहिले जितपुर सिमरा उपमहानगरपालिका धरापमा हुदै गईरहेको जानकारी हुन आएको छ । बारा जिल्ला कै मात्र नभई प्रदेश नम्बर २ कै सबैभन्दा बढी आन्तरिक श्रोत भएको जितपुरसिमरा उपमहानगरपालिका रहेको छ । जितपुर सिमरा उपमहानगरपालिका भित्र सबैभन्दा बढी औधोगिक करिडोर भएको क्षेत्र भएकै कारणले सो नगरपालिकाको आन्तरिक स्रोत बढी रहेको छ ।
नगरपालिकामा तत्कालिन एमाले र माओवादी मिलेर बहुमतको सरकार बन्यो । बहुमतको सरकारले पनि अहिले गुटको कारण नगरसभा गर्नु नसक्नु आफैमा लजास्पद रहेको छ । नगर सभा नगर्न सक्नु भने भित्री कारण भने नेकपा कै खोल ओढेका केहि नेताहरु आफु अनुकुल काम गराउन दवाब स्वरुप नगरपालिकामा भाडभैलो मचाएका छन । नगरपालिकाका मेयर डाक्टर कृष्ण पौडेललाई असफल बनाउन विभिन्न षडयन्त्रको जालो बुनिरहेकोे जानकारी प्राप्त भएको छ । नगरपालिकाको कार्यपालिकामा नेकपाको बहुमत हुदाँ हुदै पनि नगरसभा अहिले सम्म गर्न नसक्नुले नै सजिलै अनुमान गर्न सकिन्छ नगर प्रमुख पौडेलमाथि षडयन्त्र भएको हो भनेर ।
समस्याहरु :
नदीजन्य उत्खनन बापतको राजस्व हिनामिनाको घटनामा जितपुरसिमरा उपमहानगरका नगरप्रमुख डाक्टर पौडेल, उपप्रमुख सरसवती चौधरी बिरुद्ध नेकपा निकट नेताहरुनै अहिले ब्यापक रुपमा बिरोध गरेको पाईएको छ । नेकपाका पूर्व माओवादी निकटका नेताहरु मेयर डाक्टर पौडेललाई सहयोग गर्नुपर्ने ठाउँमा उल्टै खुल्ला रुपमा असहयोग गर्दै हिडेका छन् । जसको उदाहरण हो नदीजन्य उत्खननको विषयमा डाक्टर पौडेलले ठेक्केदारलाई कार्वाहीको प्रक्रिया बढाउँदा उल्टै मेयरलाई नेकपा कै नेताहरुबाट असहयोग गर्नुले नै जितपुर सिमरा उपमहानगरपालिका धरापमा पर्दैै गई रहेको छ । मेयरलाई असफल बनाउन नेकपा कै तत्कालिन माओवादीका नेताहरु लागि परेको छ । नेकपाका केहि नेताको आडमा ठेकदारले धम्कीको शैलीमा ५ मिनेटभित्र नगरप्रमुख र प्रशासकीय प्रमुखलाई जेल हाल्छु भन्दै हिडेको थियो ।
उपमहानगरले नदीजन्य उत्खनन हुने पसाहा, बालगंगा र दुधौरा खोलाका ठेकदार कम्पनीका सञ्चालक मध्ये श्रेष्ठ बिल्डर्सले माघ मसान्तभित्र बुझाउनुपर्ने दोस्रो किस्ताको सवा करोड रुपयाँको चेक बाउन्स भएको थियो भने चैत मसान्तभित्र बुझाउनुपर्ने झण्डै ५ करोड तेस्रो किस्ताको रकम ३ वटै खोलाका ठेकदार कम्पनीले बुझाउन आलटाल गरेका छन् । ठेकदारले राखेको बैंक धरौटी म्याद चैत मसान्तमा सकिएको छ । श्रेष्ठ बिल्डर्सका सञ्चालकलाई कारबाही गर्ने प्रशस्त कानुनी आधारहरु हुँदाहुँदै नगरपालिका नेकपाको खोल ओढेको केहि पूर्व माओवादीका नेताका कारण नगर प्रमुख निरीह बन्दै गएको छ ।
नगर प्रमुख निरीह पनि कसरी नबनोस , तत्कालीन माओवादीका नेता राजन पौडेलले नगरपालिकाको बोर्ड बैठक हुनु अगाडी पूर्व माओवादीका केहि वडा अध्यक्षसँग बैठक बसी बैठकमा नगर प्रमुख र उप नगर प्रमुखले ल्याएको एडेण्डालाई नमान्नु मेयरलाई गाह्रो गर्नुको कारण के हो ? बहुमतको सरकार हुदाँ हुँदै पनि मेयर काम गर्नु नसक्नु कारण के त ?
मेयर पौडेल ओली पक्षधर रहेको छ । भने नगरपालिका भित्रका अधिंकाश नेताहरु पूर्व एमालेका नेताहरु नेपाल पक्षधरको रहेको छ । नगरपालिका भित्र नेपाल पक्षको नेताहरुको बहुमत रहेको छ । त्यसमा पनि तत्कालिन माओवादी पनि नगरमा राम्रै पक्ष रहेको छ । मेयरलाई असफल बनाएर अर्को पटक आफ्नो पक्षलाई जिताउन दैनिक षडयन्त्र गरिरहेका नेकपा कै एक नेताले सुनाए ।
अहिले सम्म नगर सभा हुन नसक्नुको कारण विभिन्न रहेको छ । कसैलाई आफ्नै स्वार्र्थ पनि छ । एक वडा अध्यक्षले त ठेक्केदारलाई धम्काई करिब १० लाखको बिना बिल गिट्टी खसालेको कुरा पनि बाहिरिएकोे छ । बिना बिल खराईएको गि खराईएको गिट्टीको लगत खाडा गरी भुक्तानी गराउन मेयरलाई मानसिक तनाव दिईरहेको बुझिएको छ । नेकपा कै वडा अध्यक्षहरुले नगर स्तरीयमा एक रुपैया पनि बजेट नहाल्न र सबै बजेट वडामा दिन भन्दै नगर सभा नै विथोल्न सफल भएका छन ।
जसको उदाहरण हो , श्रेष्ठ बिल्डर्सका सञ्चालक लाल श्रेष्ठ सहित नेकपाका कार्यकर्ता हीरा बस्नेत, धनबहादुर श्रेष्ठ र आरिफ हुसेनले नगरपालिका नगरप्रमुख, कर्मचारीलाई धम्की दिनु । बस्नेत यसअघिको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकाको वडा नम्बर १ का वडाध्यक्षका पराजित उम्मेदवार हुन् । धनबहादुर श्रेष्ठ वडा नं २ का सदस्य छन् भने अर्का युवा नेता आरिफ हुसेन नेकपाका सदस्य हुन् ।
बाराका नेकपाका अगुवाहरुलाई नेकपा कार्यकाताको प्रश्न :
नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ( अनिल ) का निकटतम मानिने ठेक्केदार लाल श्रेष्ठले सार्वजनीक रुपमा मेयर डाक्टर पौडेल , उप नगर प्रमुख चौधरीलाई तल्लो स्तरको गाली गलौज गर्दा पनि नेकपा जिल्ला कमिटी मौन किन ?
नगरपालिकाको बोर्डको बैठक हुनु अगाडी नेकपाका नेता राजन पौडेल र निर्वाचित पूर्व माओवादी निकट वडा अध्यक्ष बिच बैठक बस्नुको कारण के त ? यदि नगरको हित हुने विषयमा बैठक बसीन्छ भने मेयर डाक्टर पौडेललाई उक्त बैठकमा किन बोलाईदैनन् ?
नगरले नदीजन्य उत्खनन ठेक्का लगाएपछि सोको अनुगमन र लगत राख्नलाई पूर्व माओवादी निकट वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाईलाई जिम्मेवारी दिईयो । वडा अध्यक्ष बजगाईले कुनै लगत नराखेको कारण आज नगरपालिकाले आन्तरिक आय पनि असुल गर्न सकेको छैन । जिम्मेवारी बहन गर्न नसक्ने वडा अध्यक्षलाई कार्वाही किन नगर्ने ?
नेकपाका नेपाल पक्षधरका नेताहरुले मेयर पौडेलले नगर भित्र पेट्रोल पम्प संचालन गर्न अनुमति दिदाँ आर्थिक लेनदेन गरेको भनी सार्वजनीक स्थल मै आरोप लगाउनु । तर के आधारमा भन्नु भो भन्दा प्रमाण दिन नसक्ने कतिको जायज हो त ?
वडा अध्यक्षहरुले नामको उपभोक्ता समिति गठन गरी भित्री रुपमा ठेक्केदारसँग काम गराउनुको कारण के त ? काम गलत हो भनी नगरपालिकाका कर्मचारीले कामको मुल्याङ्कण अनुसारको रकम दिन खोज्दा कर्मचारीलाई थुन्नु कति सम्मको जायज हो ?
तत्कालिन एमाले र माओवादी एकिकरण भएपछि पूर्व माओवादीका नेता प्रेम बरालले नगरपालिकाको कम्पाउण्ड भित्र पूर्व माओवादीका वडा अध्यक्षहरुलाई राखि अब यो मेयर डाक्टर पौडेललाई पंगु बनाएर हामीले हाम्रो सामराज्य कायम गर्छु भनी भन्नु र पूर्व माओवादी निकट नेताहरुको आशिर्वादमा नगरपालिका भित्र भाडभैलो गर्नु शंकाको विषय वस्तु भएको छ ।
निष्कर्ष :
हामीले यो कुरो पनि स्वीकार्नु नै पर्छ कि मेयर डाक्टर पौडेल बढी डराउनु र सबैलाई चित बुझाउन खोज्ने तर नगरपालिकाबाट एक रुपैया पनि खर्च नगरी खुसि पार्न खोज्नु नै उनको अपराध हो । अर्को तर्फ यदि नेकपाको आशिर्वादले जितेको मेयरले पार्टीको जिल्ला कमिटीको निर्णय मान्दैन्न भने कार्वाही गर्नुपर्छ । अन्यथा आज मेयरमा डाक्टर पौडेल छन् । भोली राजन पौडेल वा क्षेत्र बहादुर श्रेष्ठ ( अनिल ) वा मनोज पौडेल पनि हुन सक्छन् । त्यस बेला नेकपा कै कार्यकाताले असहयोग ग¥यो भने अवस्था के रहन्छ । अतः अहिले पनि केहि खेर गएको छैन । आरोप प्रतिआरोप लगाउनु भन्दा राम्रो सबै मिलि नगरको विकाश गर्नु नै राम्रो ।