कोरोना नियन्त्रणमा चितवनका सिडियो र एसपी एक्सनमा, भने अब माक्स सेनिटाईजर नलगाए ५ सय जरिवाना !

चितवन : प्राय आफ्नै कार्यमा व्यस्त रहने चितवनका सिडियो र एसपी एकाबिहानै सडकमा भेटिए । कोरोना कहर विच चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भटट्राई र चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुगं बिहान भरतपुरको बजारमा मास्क बाँड्दै हिडेको रमाइलो दृष्य देखियो । कोरोना नियन्त्रणका लागि अन्य दिनमा कार्वाही गरि हाल्ने प्रहरीले आज बिहानैदेखि मास्क नलगाई हिड्नेहरुलाई सम्झाइ बुझाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिंदा सर्वसाधारण दङ्ग देखिन्थे । उनीहरुले केही बेर प्ले कार्ड बोकेर समेत सचेतना मूलक कार्यक्रमलाई आर्कषण समेत गरे । कार्यालयमै बसेर जनताका सेवा गर्ने सिडियो एसपी आफै माक्स र सेनिटाईजर बाड्दाँ सर्वसाधारण उत्साही समेत भए, र सगैँसगैँ पुन सचेतनाका लागि अग्रसर समेत भए ।
गृहमन्त्रालयले मास्क नलगाउनेलाई कारबाही गर्ने निर्देशन वमोजिम पहिलो चरणमा सचेतना मुलक कार्यक्रम गर्दै चितवनका विभिन्न स्थानमा मास्क, सेनिटाईजर वितरण गरेको चितवन प्रहरी प्रमुख एसपी गुरुगंले जानकारी दिए ।
प्रहरीले चितवन प्रशासनसहित ट्राफिक प्रहरी चितवन, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २, युवा व्यवसायी मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढ र रोटरी कलब अफ नारायणी मिड टाउनको समेत सहकार्यमा यस्तो कार्यक्रम गरेको हो । सोही अनुरुपमा सिडियो र एसपी भन्दै थिए, हामी लगातार रुपमा सचेतना अभियान विभिन्न निकायसगँ समन्वय गर्दै गरिरहेका छौँ, अब पनि भोलीबाट यस्तो हुदैन् मास्क र सेनिटाइजर प्रयोग नगरि हिडडुल गर्नेलाई ५ सय जरिवाना हुन्छ ।
कोरोनाको संक्रमणको जोखिम रहिरहेको समयमा सर्वसाधारण, चालक, सहचालक, यात्रुहरु लापर्वाहि रुपमा बाहिर हिडडुल गर्न थाले पछि जिल्ला प्रशासनको निर्णय अनुसार प्रहरी र ट्राफिक प्रहरीले पैदल यात्रीलाई एक सय र सवारी साधनलाई ५ सय जरिवाना सहित कारबाही गर्ने घोषणा गरेको हो ।
आफुहरुले सर्वसाधारणहरुले बढी हेल्चक्राई गरेका कारण कोरोना यस्तो कडा निर्णय लिएको सो अवसरमा सिडियो र एसपीले भन्दै थिए । कार्यक्रममा सिडियो र एसपीसहित प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापा, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का डिस्ट्रिक्ट फस्ट भाइस गभर्नर रामप्रसाद भट्ट, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी लगायत सर्वसाधारणको सहभागी थियो ।