पछिल्लाे २४ घण्टामा २२४ जनामा कोरोना पुष्टि : १५१डिस्चार्ज

काठमाडाैं :पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रिय संक्रमितको संख्याको संख्या पाँच हजार तीन सय १६ छ ।

बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार तीन सय ९९ पुगेको छ । डिस्चार्ज प्रतिशत ७२ दशमलव ८ भएको प्रवक्ता गौतमले जानकारी दिए । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना रहेका छन् ।
मास्क प्रयोग नगर्ने दुई लाखलाई कारबाही भएको छ । वीरगन्ज आठ चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छान् ।