सडक नाटक : गाउँघरको कथा

 

~डा. गोविन्दसिंह रावत~

(नाटक सुरु हुनुअधि सूत्रधार मञ्चमा आउँछ)

सूत्रधार : नमस्कार उपस्थित दिदीबहिनी तथा दाजुभाइ, म यो नाटकको सूत्रधार । अब म यहाँहरूको मनोरञ्जनका लागि एउटा नाटक प्रस्तुत गर्दैछु । नाटक सुरु हुनुअघि एक पटक जोडले थप्पडी बजाइदिनुहोला ।

धन्यवाद ! अब म तपाईंहरूलाई नाटक देखाउँदै छु । एउटा गाउँ थियो । गाउँमा एउटा ठाउँ थियो । ठाउँमा एउटा नाउँ थियो । त्यो नाम हो…… ।त्यो नाम म भन्दिन । तपाईंहरू नाटक हेरेर थाहा पाउनुहुनेछ । त्यो नाम । अब म नाटक नै सुरु गर्छु । फेरि एक पटक जोडसँग ताली बजाइदिनुहोला ।

(सूत्रधार मञ्चबाट निस्कन्छ । ४०/४५ वर्षको व्यक्ति, थोत्रो चस्मा सफा गर्दै आउँछ, उसको पछि पछि १५/१६ वर्षकी युवती आउँछे)

युवती : बा, ए बा, आज म त जान्छु जान्छु ।

बा : हैन, काँ जाने करा गर्न थालिस् फेरि ।

युवती : अस्ति भनेको के त । यो बा त कस्तो बिर्सिराख्या भनेको ।

बा : म त तल साहु बा’कोमा जाँदैछु । तेरो भाइलाई लुगा हालिदिन पैसा माग्न । भाइको देखिनस् पेन्ट फाटेर स्कुलमा मास्टरले पिटे भनेर रो’को ।

युवती : म पनि जान्छु के ।

बा : हैन तँलाई काँ जान् प्यो भन्या । (रिसाएर) तेरी आमालाई भनु, जहिले पनि मेरो चस्मा चलार यस्को डण्डी नै बङ्ग्याइदिई ।

युवती : बा, ए बा ।

बा : के भो तँलाई, घरमा बस् चुप लागेर, साहु बा’काँ तॅलाई लगे फेरि कुनै न कुनै काम लागाइदिन्छन् । यो साहु बा पनि के भन्ने, अरूको घरको आइमाई देख्यो कि खोजी खोजी काम लागाइहाल्छन ।

युवती : अब साहु बाले भनेपछि हुन्न पनि भन्न भएन ।

बा : त्यसैले त भनेको मसँग नहिँड भनेर ।

युवती : (अलि डराएर) म त तालिममा जान्छु भन्या ।

बा : हैन के भन्छे यो । हैन कस्तो तालिम ?

युवती : टुँडिखेलमा महिला तालिम कार्यक्रम छ’रे । पैसा पनि नचाहिने ।

बा : हैन तँलाई घरमा तेरी आमैले कुनै काम दिाँदिनन् कि क्या हो ?

युवती : टुँडिखेलमा धेरै थोकको तालिम दिने दिदीहरू राजधानीबाट आएका छन म जाऊँ है बा ?

बा : (कराएर) ए वागेश्वरीकी आमै, हैन छोरीलाई भित्र डाक त ।

युवती : यो बा त के भा’होला । अब तालिममा गए सबै कुरा सिक्न पाइन्छ । त्यो सिकेर घरमा काम गर्न सकिन्छ । म जाऊँ है बा ।

बा : हैन तालिम किन चाहिया तँलाई । पोइको घरमा गएर तालिमले खान दिंदैन तँलाई । गाईगोठ गर्नै पऱ्यो, पानी पँधेरो जानै पऱयो चुप लागेर बस् ।

युवती : यो बा त हजुरआमै जस्तै कुरा गर्नुहुन्छ । भाइलाई चैँ जे पनि गर्न दिन, मलाई चैं त्यति तालिममा पनि जान नदिने । नाइँ म त जान्छु ।

बा : (रिसाएर) बढी नकरा । छोरी मान्छे भएर यसरी हिँड्न हुँदैन । खुरुक्क भित्र जा । मलाई अबेर भो भन्दै आमैलाई । खै के दिने, छिटो दिनु भन् ।

युवती : यता पनि नजा, उता पनि नजा । यसो नगर् उसी नगर्, यों नखा, त्यो नखा मात्र भन्न जान्या’छ । छोरीले घरबाट निस्के के हुन्छ बा ?

बा : घर छिमेकले कुरा काट्छन् । जा भित्र, बरु म तॅलाइ पनि चना ल्याइदिन्छु ।

युवती : हो नि । तालिममा जानुभन्दा चना खाँदा धेरै फाइदा हुन्छ । हैन तालिममा जाँदैमा के हुन्छ बा ?

बा : नकरा, मलाई अबेर भो ।

आमै : हैन तँ अझसम्म गा’छैनस् ?

बा : अब तिम्ले नै साहु महाजनकहाँ जाँदा खालि हात जान हुँदैन भनेकी हैन ?

आमै : हो त नि । अब साहुहरू आसामीले क्यै ल्याइदिन्छन् भनेर आस गर्छन् । ला, यो घिउ लगिदे । (युवतीलाई हेर्दै) हैन यो किन बा’को पछि लाग्या । घरमा काम छैन ।

बा : खै काँ हो, कोनि तालिममा जान्छु भन्छे ।

आमै : हैन केको तालिम हो । चेलीबेटी भएर जाँपायो उहींँ जान्छन् त ? घर छिमेकले सुने के भन्लान् ।

युवती : यो हजुरआमाले त खालि कराउन मात्र जान्नु भा’छ ।

आमै : नकराएर के गर्ने त । जा, खुरुक्क गएर गोठमा गाईवस्तुलाई घाँस हालिदे अनि लुगा धुन सुरु गर्, उमेर पुगेकी छोरी डङ्गर गर्न हुँदैन क्या ।

युवती : नाइँ नाइँ म त जान्छु । कति साथीहरू आउँछन् ।

आमै : हैन अरूले धुरीमा हाम्फाले भन्दैमा आफू पनि त्यसै गर्नुहुन्छ ? यो केटीलाई के भएको होला ? जे नगर् भन्यो त्यही गर्छ भन्छे ।

बा : जा आमैले भनेपछि नगए पनि हुन्छ । मलाई ढिलो भइसक्यो ।

आमै : अनि आउँदा मल पनि ल्याउनु ।

युवती : म पनि जान्छु क्या । सबै साथीहरू आउँछन् । नयाँ नयाँ कुरा सिकाउँछन् रे ।

आमै : हैन, केको तालिम हो ।

युवती : स्वास्थ्यको, सरसफाइ, सिलाइबुनाइको…

आमै : हैन तँलाई किन सिक्नुपर्यो । भोलि बिहे गरेर अन्तै जानुपर्ने मान्छेलाई केको तालिम ।

युवती : यो आमै त जहिले पनि यस्तै गर्नु हुन्छ भन्या ।

आमै : तेरो उमेरकी जुन छारो खेलाउँदै माइत आउँछे । हामीलाई पनि नाति खेलाउने रहर छ बाबै । अब आगौँ तेरो बिहे नगरी भएन ।

बा : खोज्या त हो नि केटा । गाउँमा लायकका केटा नै छैनन् । यसो पढे-लेखेको पनि हेर्नु पऱ्यो ।

आमै : अब छोरीको अगाडि बिहेको कुरा गर्नुहुन्छ र ? (युवतीलाई हेर्दै) हैन तँ के ठूलावडाले कुरा गरेको पनि सुनिराखेकी, भित्र जा भन्या ।

युवती : म त जान्न । बासँगै जान्छु, तालिम सिक्छु ।

बा : आमैले भनेको पनि कस्तो नसुनेकी । खुरुक्क भित्र जा, तेरी आमैलाई सघा ।

युवती : जान्न म त । यी आमै त केही पनि गर्न दिनुहुन्न ।

आमै : हैन तँलाई के गर्नपर्यो । छोरीमान्छे भएपछि छोरी नै भएर बस्नु क्या ।

बा : यसको दिमाग नै काम लाग्ने जस्तो छैन । उपद्रो मात्र गर्छ भन्छे, जे नगर् भन्यो त्यै गर्न खोज्छे।

आमै : पोइको घर गएपछि थाहा पाउँछेस्, अनि यो बूढी आमैलाई सम्झिन्छेस् ।

बा : छारी भएर पनि छोराको जस्तो गर्छे ?

युवती : म छोरा त हो नि, हजुरहरूले छोरी बनाको त हो नि ।

आमै : हैन के भन्छे यो ?

युवती : अब मेरो पनि भाइको जस्तो नाक छ, आँखा छ, कान छ, म पनि बल्न सक्छु, हिँड्न सक्छु….

आमै : तेरो दिमाग त बिग्रेन ? (आत्तिएर) हेर हेर ठले कतै यसको दिमागमा भूतले बास गरेन । करतै भकारफुक गर्नु पर्ला कि ।

युवती : हो नि, भूतले बास गरेको छ । यो आमै त केही पनि बुझनु हुन्न ।

बा : मुख चलाउँछेस् आमैसँग, (पिट्न खोज्छ) ऐले दिऊँ । चोथाली कहीं नभएकी ।

युवती : मैले के भनें र ? दाइलाई स्कुल पठाउँदा म पनि जान्छु भन्दा आमैले जाने दिनुभएन । भाइसँग भए पनि अक्षर चिन्न जान्छु भन्दा पनि आमैले जानै दिनु भएन ।

बा : हैन आइमाई मान्छेले पढेर के काम ?

युवती : मेरी आमाले पढेर त मैले अक्षर चिन्न सकें । खैत दाइ पाठशाला गएर पनि क्यै पढ्न सक्नुभएन ।

आमै : चोथाली कहिँकी । तेरी आमैले पढेर के गरी ? स्वास्नी मान्छेले पढेपछि घरधन्दा तेरो पोइले गरिदिन्छ ?

युवती : यी आमैले आफैँ त गर्नुभएन । हामी पढ्न खोज्नेलाई पनि पढ्न दिनुहुन्न । हजुरको जमान त गयो आमै, अब त नपढेनेले दुःख पाउँछन् रे। झन् सहरबजारमा त कुकुर बिरालाले पनि अङ्ग्रेजी बुझुछ रे ।

आमै : त्यसो भए तँ पनि कुकुर बिरालो भएरै सहर बस्नु नि ।

बा : यो वागेश्वरीलाई के भएको होला ? आमैसँग कसरी बोल्न सकेकी ।

मामा : हैन, केको गन्थन हो ।

युवती : ए, मामा पो आउनु भएछ ।

मामा : हैन हाम्री नानी चिटिक्क परेर कता हिँड्न आँटेकी ।

युवती : यी मामा त कतै हिँड्न लाग्यो कि रोकिदिइहाल्नुहुन्छ ।

मामा : तँलाई नरोकेर लु छु त । तरुनी भइसकेर पनि तेरो बुद्धि किन नपलाएको हाला ? भालि बिहे गरेर अरूको घर जाने बेला भइसक्यो, केको डङ्गरडङ्गर गरेकी

आमै : तालिम लिने रे तेरी भान्जी ।

मामा : हैन तँलाई केको तालिम लिनुपऱ्यो । छोरी भएर पनि यस्तो नचाहिँदो काममा लाग्ने हो ?

युवती : यो मामा पनि के भएको होला । भन् तालिममा जा भन्नु हुन्छ भन्ने ठानेको त, उल्टै नजा पो भन्नु हुँदोरहेछ, मत जान्छु ।

आमै : हो, हो । गएपछि फर्केर नआउन, वुद्धि नै बिग्रेपछि के लाग्छ । कुलमै नभएको काम गर्ने भई यसले । हैन, कसको घरमा यस्तो छोरी छ र? मेरा छोरीले त कहिल्यै यस्तो गरेनन् ।

बा : तरो बुद्धि कहिले पलाउला छोरी ? बूढीआमैले त भनेको सुन्ने गर । (भर्केर) कस्तो अबुझ रछे यो त। म त हिँडे । (बाको प्रस्थान)

युवती : हैन, हाम्रो आमैको पालामा स्कल नजिकै थिएन । अहिले त गाउँ गाउँमा स्कुल छ । त्यही हुँदा पनि हामीलाई स्कूल जान दिनुभएन । अहिले तालिममा त जान दिनुहोस् ।

मामा : यो छोरी मान्छेलाई पढाउनै हँदैन । अब हेर्नुहोस्, हाम्रो दिदीले पनि यसरी कराएर बाले २/४ वर्ष स्कूल पढाइदिन्भयो । पढेर के भयो ? उही घर काममा ।

आमै : त्यै भएर त हो नि बुहारीले पढेर छोरीले पनि अटेर गरेकी । यसरी स्कूल गएकी बुहारी भन्ने थाहा भएको भए काँ बुहारी बनाउँथे ।

मामा : अब फर्काएर भएन क्यारे । हाम्लाई बाले स्कुल जा भन्दा हामी स्कूलको साटो वनमा दिनभरि बिँडी तानेर बस्थ्यौं, हे हे हे….., हाम्रो दिदी भने स्कुल नजा भन्दा पनि जाने । ठीक उल्टो, हे हे हे.. ।

आमै : खब ठूलो काम गन्या र’छ, छोेरीलाई स्कुल पढाएर । खैत हाम्ले नपढे पनि यत्रो घर चलाएर बसेकै छु क्यारे

यवती : यो आमैसँग त कुरै गर्नु हुँदैन भन्या । कुरै नबुझने, अब अहिलको र उहिलको कुरा पनि मिल्छ र ?

मामा : किन मिल्दैन भान्जी, मिल्छ । मिलाउनु पर्छ क्या । हैन त आमै ?

आमै : हैन पहिले र अहिले भनेर के भन्न खोज्दैछेस् । मलाई ढिलो भो, खुरुक्क भित्र जा ।

युवती : नाईं म त जान्न, तालिम लागेछ भनेर हिजो रेडियोले पनि भन्दै थियो ।

मामा : आ, रेडियोले त केके भन्छ केके । अब हामी जस्ता उमेर पुगेकालाई प्रौढ शिक्षा लिन जा भन्छ । यो पाको सुकेको बुद्धिले पनि कतै बुझिन्छ र (हाँस्दै) भन्नु त आमै ?

आमै : यै रेडियोले महिला शिक्षा, महिला शिक्षा मात्र भन्छ । हैन महिला शिक्षा किन चाहियो र ? भन्या । नभाको नभाको करा गर्छ भनेको । (झर्केर) हैन बाबु, मान्छस् भने त्यो खडानन्देको छोरासँग आजै करा चला । यस्तै हो भने तेरी भान्जीले कुलको नाकै काटिदेली नि फेरि ।

युवती : (चिच्याएर) दिदी दिदी (हातले बोलाउँदै) यता.. यता (सबै तर्सन्छन्)

मामा : हैन के भयो यिनलाई । यस्तै हो भने चालमाल ठीक देख्दिन । कतै अस्पताल त लानुपर्ने हैन ।

आमै : हैन किन बौलाही जस्तै चिच्याएकी भन्या ।

युवती : ऊ देख्नुभएन सिस्टम दिदी । बाले पनि सिकाउने रे ।

मामा : (आत्तिएर) हरे शिव । राम राम राम… । डाक्टर दिदी पो, म त गएँ । नत्र भने फेरि मेरो ८ जना सन्तानलाई लिएर कुरा काट्न थाल्छिन् । क्याईं …क्याइँ… मात्र गछिन् । अब मैले सन्तान पाउने, उनलाई खस खस हुने । के भा होला ?

युवती : सानो परिवार सुखी परिवार भन्ने थाहा छैन र मामालाई ।

मामा : यो आइमाई मान्छेलाई पढाउनु हुँदैन, नत्र यिनीहरू धुरीबाट कराउन थाल्छन् भनेको यही हो ।

युवती : दिदी म पनि तपाईंसँग जान्छु है तलिममा ।

दिदी : जाने, किन नजाने । तिमी जस्ताले तलिम सिकेपछि गाउँमा सबैले सिक्न सक्छन् ।

आमै : पर्या छैन हाम्लाई आफ्नो चेलीबेटी बिगार्न, ल हिँड भित्र ।

युवती : जान्न भित्र म त, दिदीसँगै जान्छ ।

मामा : यो गन्थनमा मैले त घरें जान बिर्सें । मत लागें घरतिर ।

दिदी : यो पाङ्ग्रे दाइलाई पनि घर जानुपर्छ र । घरमा के काम छ र दाइबसौं – अझै २/४ घण्टा ।

मामा : हेर है डाक्टर दिदी मलाई फेरि होच्याएर कुरा नगर, भनिदिया छु । मलाई मन पर्दैन ।

दिदी : मैले के भने र ? घरमा काम गर्ने मिसिन हुँदाहुँदै तपाईको के काम । खाना पकाउने, लुगा धुने, गाई गोठ हेर्ने, जे काम पनि मेसिनले गरिहाल्छ नि, हैन दाई ।

आमै : के भन्छे यो । हैन, तैले कस्तो मेसिन किनिस् र ? कहिले किनेको ? यो त बडो चतुर पो रहेछ । मिसिनले सबैथोक गरिदिए त हामी आइमाई मान्छेलाई क्या आनन्द हुन्थ्यो । हैन, कतिमा ल्याइस् त्यस्तो स्बै काम गरिदिने मेसिन ?

दिदी : त्यति मात्र काँ हो र आमै। त्यो मिसिनले त हाम्रो पाङ्ग्रे दाइको गोडा मिचिदिन्छ । खेतीपातीमा मद्दत गरिदिन्छ । अझ सन्तान जन्माउँछ।

मामा : बढी हैन है बढी हैन । नत्र म डाक्टरसाक्टर भन्दिन, मेरो रिसले त आँखै देख्दैन ।

दिदी : हो त मैले कस्तो बिर्सेको त्यो मिसिनले त पिटाई खाएर पनि बिग्रने गर्दैन ।

आमै : हैन कस्तो मेसिन हो त्यो, हाम्लाई पनि भनन । ठलेलाई भनेर किन्न लगाउनु पथ्यो ।

दिदी : ल । आमैलाई थाहै नै रहेनछ । त्यो मेसिन त हाम्रो ठले दाइले पनि किनिसकेको छ ।

आमै : हैन काँ छ त्यो मेसिन ? मैले त दखिन ?

दिदी : तपाईंकी बुहारी यो पाङ्ग्रे दाइकी श्रीमती, तपाईं आफैं । हामी सबै आइमाईहरू काम गर्ने मेसिन त हो नि आमै ।

आमै : हैन के भनेको यो नानीले, खै मैले त कुरै बुझिन नि हो

मामा : डाक्टरनी दिदी कुरा पत्याएर पनि कतै हुन्छ र भन्या । (हास्टदै) अब तपाईं। मिसिन रे । मेरी बूढ़ी पनि मेसिन रे, हैन मिसिन भनेको चाहिँ के नि ?

दिदी : मिसिन भनेको काम मात्रै गर्ने नि । तपाईंकी श्रीमतीलाई तपाईंले घर खेतको सबै काम गरिदिने मेसिन त बनाइदिन्भएको छ । बिहानै उठ्यो, लिपपोत गर्यो पानी लिन गयो । चियादेखि लिएर खानाखाजा सबै समयमा पकायो, लुगा धोयो, गाई गोठ गन्यो । घाँसपात जो गन्यो । कहिलै ऐया भन्न पनि नपाइने । त्यसमाथि श्रीमान्को हप्कीदेखि लिएर कुटाइसमेत खाएर सधैं सही मात्र रहने, करतै मान्छे, हुन्छ र पाङ्ग्रे दाइ ।

मामा : (भकभकाउँदै) ब.. ब बढी जान्ने नहुनु । अब आइमाईको काम नै चुल्हाचौका गर्ने भनेर भावीले निधारमा लेखिदिएपछि हाम्ले के गर्ने । हैन त आमै ?

दिदी : भावीले हैन दाइ, तपाईं हामीले बुभ भो । आइमाईलाई मिसिन बनाउने नपाईं जस्ताले गर्छन् । आफू दिनभरि लखर लखर डुलिहिँड्यो, स्वास्नीलाई चाहिँ काम गर्ने मिसिन बनाएर दलाई बस्यो ।

आमै : यो त नानिले ठिकै भन्या हो । अब हेरन मेरी बूढी जिउँदो छँदा बिहान गाँस टिपेर हिँडेपछि बेलुका मात्र टुप्लुक्क खाने बेलामा आइपुग्यें । स्वास्नी मरी कि बाँची केही मतलब न राख्ने । साँच्चै मिसिनै रहेछौं हामी त ।

युवती : त्यसैले भन्या आमै मलाई तालिममा जान देऊ ।

आमै : पऱ्या छैन । छोरी मान्छे लक्ष्मण रेखाभित्रै बस्दा सुहाउँछ, बुझिस्।

मामा : हो आमै, ठीक भन्नुभयो । यो डाक्टरन्नी दिदीको कुरामा लागेर हुँदैन ।

युवती : नाईँ म त जान्छु, जान्छु ।

मामा : सुनिनौ, आमैले भनेको । आइमाई भनेको आइमाई नै हो । हैन त आमै ? भोलि कसको घरमा गएर मिसिन हुनुपर्ने होला, केको तालिम ।

दिदी : त्यही त म भन्दै छु । परम्परादेखि नै चल्दैआएको नियमलाई तोड्न त भएन नि । तपाईंले पढ्नु भएन, किनभने तपाईंको आमाले पनि पढ्नुभएन, त्यसैले तपाईंको छोरीलाई तपाईंले पढाउनुभएन । यो त परम्परा नै हो नि, हैन त आमै ।

आमै : तिमीसँग गन्थन गर्ने समय छैन नानी हाम्लाई, काम गर्न देऊ । स्वास्नीले पढनपर्छ भनेर शास्त्रले भन्दैन भने अरूको त के करा गर्ने (गाण्डी गर्दै) ल । तँ पनि खुरुक्क भित्र जा ।

दिदी : समय अनुसार हिँड्नु पर्छ, आरमै । स्वास्नीमान्छे जे पनि गर्न सक्छन । श्रीलङका भन्ने देशमा त आमा, छोरी नै प्रधान मन्त्री र राष्ट्राध्यक्ष भएका छन् । बङ्गलादेश र पाकिस्तान जस्तो पर्दाभित्र स्वास्नीमान्छेलाई राखने देशमा पनि स्वास्नीमान्छे नै प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । एउटा लोग्ने मान्छे पाठशाला गयो भने ऊ मात्र शिक्षित हुन्छ भने एउटा स्वास्नीमान्छेले पढी भने परिवारलाई शिक्षित बनाउँछे ।

युवती : हाम्रो आमालाई उनका बाले पाठशाला पठाएर नै मैले धेरै कुरा घरमै आमासँग सिकें ।

आमै : यो विना कारणको करा गरेर नअलमल्याऊ । ए, हिँड भित्र, तेरी आमालाई बोलाएर यो आँगन लिपेर सफा गर्न भन ।

मामा : सुन्नुभयो त डाक्टरनी दिदी, अरूको घरघरमा गएर अलमल्याउने काम नगर्नु । अस्पतालमा गएर औषधी बाँडेर बस्नु ।

(बाको प्रवेश, हातमा कागजले बेरेको पोको)

बा : (पोको दिँदै) ला भाइको प्यान्ट भित्र राखिदे । अनि डाक्टर्नी नानी काँबाट हो

दिदी : ठल्दाइसँग वागेश्वरीलाई तालिम दिन लगौँं कि भनेर आ’को थिएँ तर.. ।

बा : तर.. तर के नि । फेरि आमैलाई मन पर्दैन भनेपछि हामीले के गर्ने । पढे त राम्रो भन्छन् तर भोलि बिहे हुनेले किन पढिराख्नु पर्यो । आखिर स्वास्नीको काम भान्साघर नै हो ।

दिदी : तपाईंले पढेकी स्वास्नी पाउनु भा’थ्यो ।

बा : त्यो त हो । हुन त यसकी आमैले ४/५ सम्म पढेर धेरै कुरा थाहा पाइसकेकी थिई । त्यसैले गर्दा यो वागेश्वरीले पनि धेरै कुरा थाहा पाई । छोरी मान्छेलाई पढाए राम्रो तर समाजले नमाने जबर्जस्ती त गर्नु भएन नि, डाक्टर्नी नानी ।

दिदी : म तपाईंलाई एउटा कथा सुनाउँछ । रामकृष्ण भन्ने एकजना पढेलेखेको केटो थियो रे । उसले गाउँकी नपढेकी केटीसँग बिहे गरेको थियो । एक दिन रामकृष्ण घराँ नभएको बेला उसकी स्वास्नीले छोराको आची पुछन कागज खोज्दा खोज्दै रामकृष्णको प्रमाणपत्र भएको कागजले फोहोर सफा गरेर फालिदिई रे । पछि रामकृष्ण फर्केर आउँदा यो कुरा थाहा पायो रनपढेको स्वास्नी भएकाले आफूले दुःख पाएको भन्ठानेर उसलाई घरमै पढाउन थाल्यो रे ।

मामा : यो डाक्टनी पनि त्यही भन्नुहुन्छ । यो रेडियो पनि प्रौढ शिक्षा भन्छ । अब यो बुढेसकालमा के पढ्ने, म त गएँ।

बा : हैन तँ काँ जान थालिस् एकैछिन बस ।

आमै : खै कताकता, यो नानीको कराले छोयो । पढ्नु पर्दो र छ । जा जा वागेश्वरी गएर तालिम लिएर आइज । तालिम सिक्दैमा के हुन्छ र ? यो कुरा त सिक्नु पर्छ भन्छन् । चेलीबेटी त झन् सिक्नु नै पर्ला ।

दिदी : बल्ल आम्मैले बुझनु भयो । अब त यसलाई धेरै पढाएर एस्एल्सी दिन लाउने ।

युवती : म पनि दिदी जस्तै अस्पतालमा काम गर्छु ।

मामा : यिनीहरूको कुराले त मेरो कानै पाक्यो ।

बा : दिमाग त पाक्या छैन होला नि पाङ्ग्रे । जा गएर जेठी छोरीलाई पनि तालिममा पठाइदे ।

आमै : हो बाबु । त्यो रामकृष्णको स्वास्नीले पढिदिएको भए बिचरा रामेको काम लाग्ने कागजले फोहोर सफा गर्ने त थिइन ।

युवती : म जाऊँ त आमै ।

आमै : जा बा, जा । जाने पर्छ ।

बा : यो डाक्टरनी पनि पढेर त भा’होला नि ।

आमै : नपढे हुने भा’ त हामी पनि हुने थियौं नि गाँठे ।

मामा : अब त म पक्कै गएँ।

आमै : काँ जान आँटिस् त । घराँ काम गर्ने मिसिन छँदैछ, तॅलाई खुवाउने । तेरो लुगा धुइदिने । तेरो लालपुजाले नै फोहोर फाली भने ।

बा : बल्ल बुझिस् हैन । तेरी दिदीले अलि अलि पढेर नै तेरा भान्जा भान्जीलाई लायकको बनाइदिने रहिछ ।

मामा : अब के गर्ने भिनाज् । बाले त हाम्लाई पनि पढ भन्या नै हो । धन्न दिदीले अलिअलि भए पनि पढ्नुभयो । मत गएं अब…..

आमै : यो पाङ्ग्रेको कुरा पनि भनेर र । गएँ गएँ मात्र भन्छ, तर जाने नामै लिँदैन । ल हिंड भित्र, यो घरबाट केही नखाएसम्म तेरो डेक चल्दैन भन्ने हाम्लाई थाहा छैन र ?

मामा : हैन आमै, आज त म नखाई जान्छ । घराँ बिहानदेखि मिसिन चलेको चलै छ । कतै बिग्रियो भने । त्यसैले सघाउन हिँडे म त । (मामा जान खाज्छ र त्यहीं रोकिन्छ बा पनि भन्दा भन्दै रोकिन्छ फिज भएर अडिन्छ ।)

आमै : (थकित स्वर) खै, बूढी भइयो । बुहारीले त माया गर्छिन् तर मिसिन मात्र बनाएर राख्न पनि त भएन नि । हैन त नानी ? (आमै पनि स्थिर भएर उभिन्छे ।)

युवती : आज दिदी नआइदिएको भए मलाई त कसैले जान दिएका थिएनन् । धन्न दिदी आउनुभयो । तालिममा जाने रहर गरेकी थिएँ ।

दिदी : यो तालिम तिमी हामी महिलाहरूका लागि नै राखिएको हो । तालिममा सिकाउने पनि सबै महिला नै हुन्छन् । आजका महिला हिजोका जास्ता कमजोर छैनन्, फलाम जस्तो बलियो भइसकेका छन् ।

युवती : भनेपछि महिला भनेको मिसिन हैन रैछ, हैन त दिदी ।

दिदी : मेसिन हैन, मेसिन बनाउन सक्ने वैज्ञानिक बनिसकेका छन् । आजका महिला ।

युवती : जाउँ दिदी, फेरि ढिलो होला ।

(युवती दिदी दुवै हिँडे जस्तै गरेर स्थिर हुन्छन् ।)

सूत्रधारको प्रवेश : हो, महिला मेसिन होइनन् । महिला घर मात्र हेर्ने घर कुरुवा मात्रै होइनन् । महिला शक्ति पनि हो । एउटी महिलाले शिक्षाको उज्यालो पाइन् भने घरभरिवारमा नै शिक्षाको प्रकाश फैलन्छ । शिक्षालाई बाध्यता हैन आवश्यकता बनाउन हामी पनि लागौं । महिलालाई मिसिन बन्नबाट बचाऊँ……, महिलालाई मिसिन बन्नबाट बचाऊँ।

(सूत्रधार चरैतिर घुम्न थाल्छ र त्यही संवाद दोहोऱ्याउँदै नाटक समाप्त भएको घाषणा गर्छ ।)