भगवान रामको जन्मस्थानको विषय :माडीअयोध्या क्षेत्रमा सयौं बर्ष पुराना सिक्काहरु भेटिए

चितवन : भगवान रामको जन्मस्थानको विषयमा माडीको अयोध्या क्षेत्र चर्चित वनेको छ । तसर्थ सोही विषय संग सम्वन्धित स्थानीयबासीहरुद्धारा गरिएकोअनुसन्धानमा यहाँ सयौं बर्ष पुराना सिक्काहरु भेटिएका छन् ।
अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको प्रधानमन्त्री के.पी. शर्मा ओलीको दावीसंगै स्थानीयबासीहरुले खोजी गर्दा माडीको दक्षिण अयोध्यापुरी तथा गोद्धक क्षेत्रमा सयौं बर्ष पुराना मुद्राहरु भेटिएको हो । माडी ८ निवासी गोपी गायकको घरबाट राम, सीता र हनुमान अंकित सिक्काहरू फोला परेको स्थानीयबासी राजकुमार परियारले जानकारी दिनुभयो । त्यसैगरी गोद्धक क्षेत्रमा समेत बर्षौ पुराना सिक्का र अन्य पुरातात्वीक बस्तुहरु भेटिएको माडी १ का वडाध्यक्ष कृष्ण पौडेलले जनाउनुभयो ।
यसअघि माडीको अयोध्यापुरी क्षेत्रमा पुरानो दरबारका अवशेष, ईंटा, घैंटा र पुराना सिक्काहरु भेटिएको सार्वजनिक भएको थियो । तर सो पुरातात्वीक चिजहरुको बिस्तृत अध्ययन अनुसन्धान भने बाँकी नै छ । पुरातात्वीक एवं ऐतिहासिक महत्वका सामग्रीहरु भेटिन थालेको माडी क्षेत्रमा पुरातत्व विभागले अध्ययन र उत्खनन गर्ने भनिएपनि हालसम्म काम सुरु हुन सकेको छैन ।