खेलकुद तथा शाहसिक गतिविधिमा महिलाहरुको सहभागिताबारे अन्तराष्ट्रिय वर्कशप

Women in Sports and Adventure टिम द्वारा Women in Sports and Adventure विषयक अन्तराष्ट्रिय वर्कशप सम्पन्न भएको छ । कार्यक्रममा आधा दर्जन भन्दा बढी देशबाट ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।कार्यक्रमको शुरुवातमा नेपाल चेस एसोसिएसनकी मोनालिसा खुम्बुले स्वागत गर्दै “विश्व खेलकुदमा महिला सहभागिता” बारे प्रस्तुति राख्नु भयो भने International Catchball Federation कि प्रमुख कार्यकरी अधिकृत tHila Davidov ले“Catchball खेलको परिचय, नियम र महिला” बारे प्रस्तुति गर्नु भयो। कार्यक्रममा अमेरिका स्थित नेपालि संचारकर्मी लिना दुवडिले “महिला शशक्तिकरण” बारे, पर्वतीय खेलकुद महासंघ—नेपालका अध्यक्ष  गोविन्द भट्टराईले “दिगो खेलकुद मार्फत पर्यटन” बारे प्रस्तुति गर्नु भयो। त्यसै गरी,F1 in School कि निर्देशक zsFrederique Trouve ले “शाहसिक खेलकुद मार्फत महिला शशक्तिकरण” विषयक प्रस्तुति गर्नु भएको कार्यक्रममा qmddfUniversity of Pretoria साउथ अफ्रीकाकी mLsfsLFundi Hlobo ले सो प्रस्तुति मार्फत टिप्पणी गर्नु भयो।
कार्यक्रममा संचारकर्मी तथा अधिवक्ता पवित्रा राउत, सगरमाथा आरोही कल्पना महर्जन र भलिवल की पूर्व महिला क्यापटेन अन्जु श्रेष्ठले खेलकुद तथा शाहसिक गतिविधिमा महिला सहभागिता सहित आआफ्नो अनुभव राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल रिङ्ग रेस्लिङ्ग एसोसिएसन की अध्यक्ष सुवर्ण श्रेष्ठ, होटल एसोसिएसन काभ्रेकी ज्योत्सना सैंजु, WIMA Nepal कि अध्यक्ष सुनिता देसार, नेपाल भलिबल संघ की कोषाध्यक्ष सुनकेशरी माली र नासा नेपालका सचिव सन्तोष न्यौपानेसमेत सहभागी हुनुहुन्थ्यो । साथै, Catchball Headquarter जेनेभाका पदाधिकारीहरु,
नेपालका रग्बी, मोटरस्पोर्ट्स, स्पोर्ट क्लाइम्बिङ्ग, मार्शल आर्ट्स, भलिबल, तेक्वान्दो, रेस्लिङ्ग लगायतका खेलका महिला क्याप्टेन, खेलाडीहरु तथा अफिसियल लगायतकाको सहभागिता समेत रहेको थियो।पर्वतीय खेलकुद महासंघ—नेपाल तथा नासा फाउण्डेसनको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता हेटौडा महानगरपालिका की उपमेयर तथा पर्वतीय खेलकुद महासंघ नेपाल बागमती प्रदेश नेटवर्क की संयोजक मिनालामाले गर्नु भएको थियो।