सुनको मूल्य १ लाख पुग्न मात्र ७ सय बाँकी

काठमाडाैँ :दैनिक कीर्तिमान राख्ने क्रममा सुनको मूल्य एक लाख रुपैयाँनजिक पुगेको छ । सुनको मूल्य शुक्रबार पनि बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

साउन ५ गतेदेखि सुनको मूल्यमा दैनिक वृद्धि हुँदै आएको छ ।

सुनको मूल्य बढिरहँदा चाँदीको मुल्य भने १३ गतेदेखि घट्दो छ । आज पनि बिहीबारभन्दा २५ रुपैयाँले सस्तो बनेर चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।