यस्तो बन्नेछ परेवाभीर : डिपीआर रिपोर्टका नमुना तस्वीरहरु हेर्नुहोस

मनहरि : मकवानपुरको राक्सिराङ गाउपालिकामा पर्ने परेवाभीर राष्ट्रिय चर्चाको बिषय बनेको छ । पछिल्लो समय बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले परेवाभीरबाट बाटो बन्दैन भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि यसको चर्चा संघीय सांसददेखि, प्रदेश सांसदहरु, गाउपालिका अध्यक्ष हरुमाझ राम्रै भइरहेको देखिन्छ ।

संघीय सांसद विरोध खतिवडा, बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानीया, प्रदेश सांसदहरु ओम ग्लान, सन्त चेपाङले परेवाभीरवाटै सडक बन्नुपर्ने भन्दै प्रतिक्रिया दिइसकेका छन । मनहरि, राक्सिराङ र कैलाश गाउपालिकाका अध्यक्ष तथा जनप्रतिनिधि हरु समेत परेवाभीरमा सडक बन्नैपर्ने अडानमा छन् ।

यति हुदाहुदै पनि यो बिषयको पक्ष र विपक्ष जन्मिरहेका छन । समाजिक सञ्जालमा दैनिक पक्ष विपक्षमा बहस चलिरहेको छ । यसरी सामाजिक सञ्जाल र सिङगो मकवानपुर ततिएकै बेला राक्सिराङ गाउपालिकाले परेवाभिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा समावेश तस्वीरहरु सार्वजनिक गरेका छन् । जुन तस्वीर परेवाभिरमा कल्पना गरेको सुन्दर वातावरण मैत्री सडकको हो । प्रबिधिकहरुले यस्तै प्रकृतिको सडक परेवाभीरमा बनाउन सकिने प्रतिवेदन दिइसकेका छन् ।

परेवाभीरमा भविष्यमा यस्तै बाटो बनाउन सकिने कल्पनिक तस्वीर गाउपालिकाले सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । उनले जसले जे जे भनेपनि परेवाभीरमा सडक बनाउन गाउँपालिकाले ठेक्का खुलाउने प्रक्रियामा लागेको बताउदै आएका छन ।