चितवन निकुञ्जका चिफ वार्डेन विभाग तानिए, अणनाथ बराल आउदै

चितवन : वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) नारायणप्रसाद रूपाखेतीलाई निकुञ्ज विभागमा तानेको छ।  निकुञ्जका सैनिकले चेपाङका घरमा आगजनी गरेको र एक जनालाई कुटपिट गरेपछि उनको मृत्यु भएको घटना बाहिर आएका थिए। यी घटनामा निकुञ्जको भूमिकामाथि प्रश्न उठेपछि मन्त्रालयले चिफ वार्डेन रूपाखेतीलाई विभाग बोलाएको हो।

‘मन्त्रालयबाट मलाई उहाँको सरूवा भएको खबर आएको छ,’ निकुञ्ज विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले भने,‘उहाँको ठाउँमा अणनाथ बराल जानुहुन्छ।’

बराल यसअघि बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन थिए।