पर्सामा प्रहरी, सेनासहित थप ३३ जनामा कोरोना पुष्टि

पर्सा : पर्सामा बुधबार राती स्वास्थ्यकर्मी, प्रहरी, सेनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट (मेसु) मदन उपाध्यायका अनुसार बुधबार राती २५ जना पुरूष र ८ जना महिला गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये नारायणी अस्पतालका ९ जना स्वास्थ्यकर्मी र १ जना एम्बुलेन्स चालक छन् ।यस्तै ३४ वर्षीय २ जना नेपाली सेनाका, २४ वर्षीय एकजना नेपाल प्रहरीमा पनि संक्रमण भेटिएको उपाध्यायले जानकारी दिए ।

बुधबार राती वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ८ का २ जना , वडा नम्बर १ , २ , ३ , १५ , १६ र २३ का १÷१ जना तथा पर्साकै पटेर्वासुगौली ५ का ३ जना र जगरनाथपुर गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।

यसअघि बुधबार बिहान ३४ र साँझ १७ जनामा संक्रमण पुष्टि भएको थियो ।बधुबार एकैदिन पर्सामा ८४ जनामा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।

योसँगै पर्सामा संक्रमितको संख्या ३ सय ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।