तरकारीको भाउमा वृद्धि

काठमाडौं : लकडाउनको समयमा घटेको तरकारीको मुल्य लकडाउन खुलेसगैं वृद्धि भएको छ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भिण्डी, घिरौंला, बोडी, फर्सी, सिमी, लौका लगायत अधिकांश तरकारीको मूल्य बढ्न थालेको छ।

यस सातामा भिण्डी र घिरौंलाको भाउ सबैभन्दा धेरैले बढेको छ। साउन २४ गते प्रतिकेजी खुद्रा मूल्य ३५ रुपैयाँ रहेको भिण्डी अहिले ७५ रुपैयाँ पुगेको छ। त्यस्तै यही अवधिमा घिरौंला प्रतिकेजी ३५ रुपैयाँबाट ६५ पुगेको छ। आलु, प्याज, गाजर र काउलीको मूल्य भने यो साता वृद्धि भएको छैन।

कालिमाटी तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार गत शनिबारको खुद्रा औसत मूल्य, आजको औसत मूल्य र मूल्यान्तर प्रतिशतमा यस्तो छ।