रोचक तत्थ्यहरु

सबैभन्दा बढी बच्चा हुने राष्ट्रपति

अमेरिकाको इतिहासमा सबैभन्दा बढी बालबच्चा हुने राष्ट्रपतिको रुपमा जोन टायलर (व्यजल त्थभिच) को नाम अग्रपंक्तिमा आउँछ । अप्रिल ६, १८४१ देखि मार्च ३, १८४५ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका जोन टायलरका जम्मा १५ जना बालबच्चाहरु थिए ।

यो बर्बादी

बितेको २५ वर्षभित्रमा यस संसारका एक तिहाई प्राकृतिक स्रोतहरु नष्ट भइसकेका छन् । यसो हुनुको मूल कारण चाहिँ विश्वमा अनियन्त्रित रुपमा बढ्दो जनसंख्या र प्रकृतिमाथि मानिसको अन्धधुन्ध हमला नै हो । यसको परिणामस्वरुप, जंगल, नदी तथा समुद्रमा पाइने ३० प्रतिशत जीवजन्तुहरु यस विश्वबाट लोप भइसकेका छन् ।

शनि ग्रहको चुम्बकीय क्षेत्र

प्रत्येक ग्रहको चुम्बकीय क्षेत्र हुन्छ । कुनै ग्रहको कम हुन्छ त कुनै ग्रहको बढी । अमेरिकाको मानवरहित यान ‘पायोनियर– ११’ ले पत्ता लगाएअनुसार, शनिग्रहको चुम्बकीय क्षेत्र पृथ्वीको भन्दा १,००० गुना बढी शक्तिशाली छ । तर बृहस्पति ग्रहको भन्दा चाहिँ २० गुना कमजोर । हेक्का रहोस्, उक्त अमेरिकी यान सन् १९७९ मा शनिग्रहको २०,८०० किलोमिटर नजिकबाट उडेको थियो ।

प्रकाशको गति

अति छिटो छरितो वा फूर्तिसँग काम गर्ने मान्छेलाई ‘बिजुलीजस्तो छिटो’ भन्ने चलन हामीकहाँ छ । ‘बिजुलीजस्तो छिटो’ भन्नुको अर्थ नै अति छिटो भन्ने बुझिन्छ । वास्तवमा, बिजुली ‍(प्रकाश) को गति पनि अति छिटो नै हुन्छ । एक सेकेण्डमा प्रकाशले २,९९,७६२,४५८ मिटरको दूरी पार गर्छ ।