पहिरो पीडितलाई नेपाल बंगलादेश बैंकको सहयोग

काठमाडौं : सिन्धुपाल्चोकका पहिरो पीडितलाई नेपाल बंगालादेश बैंकले आर्थिक सहायता उपलब्ध गराएको छ ।

मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी पीडित भएकालाई बाह्रबीसे नगरपालिका नगरपालिका मार्फत १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत राहत रकम वितरण गरेको नेपाल बंगलादेश बैंक बाह्रबीसे शाखाले जनाएको छ ।