ड्राईभिङ सेन्टरलाई मर्जरमा जान चितवन ट्राफिकको सुझाव

भरतपुर :  जिल्ला ट्राफिक कार्यालय चितवनले यहाँका ड्राईभिङ सेन्टरलाई मर्जरमा जान सुझाव दिएको छ ।  यातयात व्यवस्था विभाग, सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ विपरित रहेका यहाँका ड्राईभिङ सेन्टर मर्जरमा गई मापदण्ड पुरा गर्न कार्यालयले सुझाव दिएको हो ।

मापदण्ड पुरा गर्न आफ्नै अभ्यास केन्द्र निर्माण गर्न ठुलो लगानी लाग्ने भएकाले मर्जरमा गए सबैको आ–आफ्नै अभ्यास केन्द्र हुने ट्राफिक प्रहरीको निष्र्कष छ । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्ण ज्यु ठकुरीले यहाँका ड्राईभिङ सेन्टरका सञ्चालकलाई मापदण्ड पुरा गर्न मर्जरमा जानुपर्ने भए जान सुझाव दिएको बताउनुभयो ।
सेन्टरका सञ्चालकसँग कार्यालयमै आएको छफलछलमा समस्या समधानको मध्यमार्गी बाटो मर्जर रहेकाले यो विकल्पमा जान सकिने सुझाव दिएको जानकारी दिनुभयो ।

ड्राईभिङ सेन्टर सञ्चालन गर्न धेरै वटा सूचक पार गर्नुपर्छ । तर, यहाँका ड्राईभिङ सेन्टरले न्युनतम मापदण्ड पनि पुरा नगरेको पाइएपछि बन्द नै गराउने गरी काम थालिएको हो । यातयात सेवा कार्यालय भरतपुरले दिएको निर्देशन समेत सेन्टरका सञ्चालक पालन गर्न तयार नदेखिएपछि कार्यालय कडा रुपमा प्रस्तुत हुन लागेको छ ।
यसका लागि जिल्ला प्रशासन, यातयात, ट्रफिक प्रहरी, जिल्ला प्रहरी र प्रविधिकको टोलीसहितको समिति गठन भइसकेको छ ।

मापदण्डमा ल्याउन ट्राफिक प्रहरीले सेन्टरहरुको सावरीलाई निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
एक दुई महिनाको अवधिमा प्रहरीले ड्राईभिङ सेन्टरका ४० भन्दाबढी सवारीलाई जरिवाना लिई सकेको तथ्याङकमा उल्लेख छ ।

चितवन ड्राईभिङ स्कुल व्यवसायी संघ भने तत्काल मापदण्डमा नआउने संकेत गरेको छ । उनी विभागको निर्देशिका त्रुटीपूर्ण रहेको भन्दै मापदण्डमा केही संशोधन हुनुपर्ने अडानमा छन् ।
मापदण्डमा नरहेका ड्राईभिङ सेन्टरलाई जिल्ला प्रशासन कार्यालय चितवन र यातयात व्यवस्था कार्यालय पूर्ण रुपमा बन्द गराउने तयारीमा रहेकाले च्याउ जसरी खुलेका सेन्टरहरु भने धमाधम बन्द हुन थालेका छन् ।
त्यस्तै लामो समय ड्राईभिङ सेन्टर सञ्चालन गरी रहेका सञ्चालकहरुले अहिलेलाई भनसुन गरेर व्यवसायलाई निरन्तरता दिने सुर कसेका छन् ।
बुधबारमात्रै चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेललाई यसबारे व्यवसायीहरुले गुनासो गरेका छन् ।
स्रोतका अनुसार केही ड्राईभिङ सेन्टरका सञ्चालकहरुले मापदण्ड पुरा गर्न ठुलो रकम लाग्ने भन्दै अन्य व्यवसाय सुरु गर्ने योजना बनाई सकेको बुझिएको छ ।
चितवन ड्राईभिङ स्कुल व्यवसायी सघं चितवका अध्यक्ष कुमार परियारले अभ्यास केन्द्र सावरी प्रशिक्षण गर्दा अन्तिममा सिक्ने ठाँउ भएकाले प्रशिक्र्षीलाई भित्री सडकमा सिकाउन आवश्यक रहेको बताउनुभयो ।
सवारी अनुमतिका लागि मात्रै अभ्यास केन्द्र चाहिने भएकाले राज्यले निश्चित क्षेत्र र लेन निर्धारण गरी सवारी प्रशिक्षण गराउन दिनुपर्ने उल्लेख गर्नुभयो ।