अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सुचारु

कुरिनटार  : पहिरोका कारण अवरुद्ध मुग्लिन नौविसे सडक एक तर्फी संचालनमा आएको छ । अविरल बर्षासंगै यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटार धारापानीमा विहान ८ स् ५५ बजे पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरो हटाइ अहिले बिहान १० बजेदेखि एक तर्फी सवारी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।